२ पुष २०८२, बुधबार
,
Latest
जेनजी आन्दोलन : भौतिक र अन्य क्षतिको पाँच अर्ब बढी दाबी भुक्तानी तत्कालीन सचिव र सहसचिव कार्कीविरुद्ध मुद्दा दर्ता फेवातालको संरक्षणका लागि अदालतको आदेश चाँडै कार्यान्वयन गर्छौं : मुख्यमन्त्री पाण्डे ‘अनुसन्धान शोधवृत्ति’का लागि शोधकर्ता आव्हान राष्ट्रियसभा निर्वाचन : मतदानस्थल तथा केन्द्र निर्धारण प्रलोपाद्वारा लोकतान्त्रिक शक्तिहरूबीच बृहत् ध्रुवीकरणका लागि आह्वान जनमत पार्टीका केन्द्रीय सदस्यहरु आजपामा प्रवेश गरे ‘अन्तर्राष्ट्रिय कला शिविर’ सुरु एपिएफ क्लब ‘साफ महिला क्लब च्याम्पियनसिप’को फाइनलमा अन्नपूर्ण आधार शिविरमा सञ्चार सुविधा विस्तार गर्न सञ्चारमन्त्रीको ध्यानाकर्षण
तपाईं के खोज्दै हुनुहुन्छ ?

एकैदिन १ सय २९ जनामा कोरोना पुष्टि, संक्रमितको संख्या ९०१ पुग्यो



अ+ अ-

कर्णाली प्रदेशमा थप १५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । पशुपन्छी रोग अन्वेषण प्रयोगशाला सुर्खेतमा गरिएको परीक्षण अनुसार थप १५ जनामा कोरोना पुष्टि भएको विज्ञप्तिमार्फत कर्णाली प्रदेश सामाजिक विकास मन्त्रालयले बुधबार राति जानकारी दिएको हो । कर्णाली प्रदेशमा थप १५ जनासहित कोरोना संक्रमितहरुको संख्या ३८ पुगेको छ भने कर्णाली प्रदेशमा १५ जनासहित बुधवार एकैदिन विभिन्न जिल्लामा गरी १२९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । योसँगै नेपालमा संक्रमितको संख्या ९०१ पुगेको छ।

त्यस्तै नेपालमा हालसम्म कोरोना उपचारपछि १ सय ८७ जना निको भएर घर फर्किएका छन् । आजै मात्र ३२ जना उपचारपछि घर फर्किएका हुन् । भने ५ जनाको कोरोनाको कारण ज्यान गइसकेको छ ।

मृतक युवाको रिर्पोट नेगेटिभ

भारत गुजरातबाट फर्कने क्रममा मङ्गलबार राति मृत्यु भएका सुर्खेतका एक युवकको कोरोना रिर्पोट नेगेटिभ देखिएको छ । प्रदेश अस्पतालका निर्देशक डा डम्बर खड्काका अनुसार मृतकको बुधबार स्वाब परीक्षणका क्रममा कोरोना नभएको पाइएको छ । आफन्तका अनुसार ती युवामा बाथ रोगसम्बन्धी समस्या थियो । बबईबाट वीरेन्द्रनगर आउँदै गर्दा बान्ता गर्न थालेपछि उनलाई अस्पताल पुर्याइएको थियो । कोरोना नदेखिएपछि अस्पतालले शव परीक्षण गरेर परिवारलाई बुझाउनेछ । नेपाल समाचारपत्र दैनिक