२६ जेष्ठ २०८३, मंगलवार
,
Latest
११ बजे मन्त्रिपरिषद् बैठक बस्दै ट्रकमा मोटरसाइकल ठोक्किँदा एकको मृत्यु, एक घाइते नाम्खा गाउँपालिकालाई पूर्ण खोप सुनिश्चितता घोषणा हुथीद्वारा इजरायलमा क्षेप्यास्त्र प्रहार, लाल सागरमा इजरायली जहाज सञ्चालनमा पूर्ण प्रतिवन्धको घोषणा ओमानको खाडीमा इरानतर्फ जाँदै गरेको तेल ट्याङ्कर अमेरिकी सेनाद्वारा निष्क्रिय दक्षिणी गाजामा इजरायली हवाई आक्रमण, ५ प्यालेस्टिनीको मृत्यु, १० भन्दा बढी घाइते फिलिपिन्समा शक्तिशाली भूकम्पपछि जारी सुनामी चेतावनी इण्डोनेसियाले फिर्ता लियो इरानी पेट्रोकेमिकल उद्योगमाथि आक्रमणको बदलामा इजरायली शहर हाइफामा इरानद्वारा क्षेप्यास्त्र प्रहार यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य ‘बर्डफ्लु’ नियन्त्रणका लागि ‘द्रुत कार्य टोली’ परिचालन
तपाईं के खोज्दै हुनुहुन्छ ?

७० लाख रुपैयाँ बराबरको गहना भएको उर्वशी रौतेलाको झोला लन्डन एयरपोर्टबाट चोरी



अ+ अ-

एजेन्सी । बलिउड अभिनेत्री उर्वशी रौतेलाले लन्डन विमानस्थलबाट आफ्नो एउटा झोला चोरी भएको दाबी गरेकी छिन्, जसमा ७० लाख रुपैयाँ बराबरका गहना थिए ।

अभिनेत्रीले यसबारे पूर्ण जानकारी इन्स्टाग्राममा दिएकी छिन् । उनले आफ्नो स्टोरीमा भनिन् कि जब उनी विम्बल्डन हेर्न लन्डन गएकी थिइन् त्यसपछि ग्याटविक विमानस्थलको लगेज बेल्टबाट उनको विलासी झोला चोरी भयो ।

इन्स्टाग्राम पोस्टमा उर्वशीले उडान विवरणसँगै डायर झोलाको फोटो सेयर गर्दै लेखेकी छिन्, ‘अन्याय सहनु भनेको अन्याय दोहोर्‍याउनु हो । विम्बल्डनको समयमा मुम्बईबाट एमिरेट्समा उडान भरेपछि ग्याटविक विमानस्थलमा हाम्रो विम्बल्डन डायर ब्राउन ब्यागेज बेल्टबाट चोरी भयो । फिर्ता पाउनको लागि तत्काल सहयोगको लागि अनुरोध गर्दछु ।

आफ्नो पोस्टमा उनले एमिरेट्स एयरलाइन्स र लन्डन प्रहरीलाई ट्याग गर्दै अधिकारीहरूलाई तत्काल कारबाही गर्न अनुरोध गरेकी छिन् । अभिनेत्रीले भनिन् कि विमानस्थलका अधिकारीले अहिलेसम्म उनको गुनासोको जवाफ दिएका छैनन् ।

हालै सम्पन्न विम्बल्डनमा उर्वशी धेरै चर्चामा आएकी थिइन् । उनी आफ्नो झोलामा लबूबू गुडियाको संग्रह लिएर महिला एकल खेल हेर्न पुगेकी थिइन् । यसबाहेक, उनले लगाएको पहिरनको मूल्य १४ करोड रुपैयाँ रहेको पनि भनिएको थियो ।