१ भाद्र २०८३, सोमबार
,
Latest
बर्दियामा बुवाको कुटपिट गरी हत्या गरेको आरोपमा १९ वर्षीय छोरा पक्राउ किशोर श्रेष्ठलाई थप ४ दिन थुनामा राख्न अदालतको अनुमति कवि दुर्गालाल श्रेष्ठको निधन स–साना नदीहरुको बहाव बढ्ने हुँदा सतर्कता अपनाउन आग्रह गृहमन्त्री गुरुङद्वारा बुढीगण्डकी जलविद्युत् कम्पनीको फिल्ड कार्यालय अनुगमन ललितपुर महानगरमा चिकित्सकसहित निःशुल्क एम्बुलेन्स सेवा शुरु ललितपुरमा ७.९ किलोमिटर चक्रपथमा स्मार्ट स्ट्रिट लाइट, बुधबारदेखि औपचारिक सञ्चालन वीरगञ्ज चिनी कारखाना पुनः सञ्चालनको सम्भाव्यता अध्ययन गर्न कार्यदल गठन वैदेशिक रोजगार व्यवसायीको आन्दोलन स्थगित, १५ बुँदे माग सम्बोधन गर्न मन्त्रालय तयार ‘रिटर्नी’ उद्यमीको सीप र पुँजी नेपालको आर्थिक विकासको आधार बन्नसक्छ
तपाईं के खोज्दै हुनुहुन्छ ?

कोदो खेतीलाई आधुनिक र आत्मनिर्भर बनाउने दिशामा अघि बढौं : पूर्वराष्ट्रपति भण्डारी



अ+ अ-

काठमाडौं । पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले कोदो खेतीलाई आधुनिक र आत्मनिर्भर बनाउने दिशामा अघि बढ्न आवश्यक रहेको बताउनुभएको छ ।

राष्ट्रिय कोदो दिवसका अवसरमा आज एक सन्देश जारी गर्दै पूर्वराष्ट्रपति भण्डारीले कोदीलगायतका पोषणयुक्त र जलवायुमैत्री रैथाने बाली संरक्षण अभियानमा जुट्न आह्वान गर्नुभएको हो ।

उहाँले मौलिक कृषि परम्परा, जलवायु अनुकूल, वातावरणमैत्री तथा जलस्रोतको न्यूनतम प्रयोगमा आधारित रैथाने पोषणयुक्त अन्नबालीको रूपमा रहेको कोदो खेती विगत केही दशकदेखि नीतिगत बेवास्ता र सामाजिक उपेक्षाको कारण संकटमा पर्दै आएको बताउनुभएको छ ।

उहाँले भन्नुभएको छ– ‘हाम्रा पहाडी तथा हिमाली भेगमा पुस्तौँदेखि उत्पादन हुँदै आएको कोदो धान, मकै र गहुँ पछिको चौथो मुख्य अन्नबाली हो । तथापि, नेपालको मौलिक कृषि परम्परा, जलवायु अनुकूल, वातावरणमैत्री तथा जलस्रोतको न्यूनतम प्रयोगमा आधारित रैथाने पोषणयुक्त अन्नबालीको रूपमा रहेको कोदो खेती विगत केही दशकदेखि नीतिगत बेवास्ता र सामाजिक उपेक्षाको कारण संकटमा पर्दै आएको छ । तसर्थ, भूमिको सदुपयोग, किसानको सम्मान, उत्पादनको व्यावसायिकता, नवप्रवर्तन, प्रविधिको प्रयोग, बीउको संरक्षण, बजार पहुँच र युवाको सहभागितामार्फत कोदो खेतीलाई आधुनिक र आत्मनिर्भर बनाउने दिशामा अगाडि बढ्नुपर्ने आवश्यकता छ । आउनुहोस्, हामी सबै मिलेर कोदोलगायतका पोषणयुक्त र जलवायुमैत्री रैथाने बालीहरूको संरक्षण, प्रवद्र्धन र समृद्धिको अभियानलाई राष्ट्र निर्माणको अभिन्न हिस्सा बनाऔँ ।’