२० मंसिर २०८२, शनिबार
,
Latest
गण्डकी प्रदेशको हिमाली भेगमा हल्का वर्षा/हिमपातको सम्भावना यस्तो छ आजका लागि तय भएको विदेशी मुद्राको विनिमयदर चिसो बढेसँगै माथिल्लो मुस्ताङको जनजिवन प्रभावित काठमाडौँका यी स्थानमा आज काटिदैछ बिजुली निर्वाचन गराउन सबै हिसाबमा आयोग तयार छः कार्यबाहक प्रमुख आयुक्त भण्डारी निर्वाचन आयोगद्वारा राजनीतिक दललाई २० बुँदे निर्देशन सुनकोशीमा हाम फालेका एक जना तीन दिनदेखि बेपत्ता अन्तरराष्ट्रिय सम्बन्धलाई सन्तुलित बनाउनुपर्छ : पूर्वप्रधानमन्त्री नेपाल दाताको सहयोगमा बालबालिकालाई कम्प्युटर शिक्षा बाल उद्धार अभियान नेपालको आयोजनामा बक्तृत्वकला प्रतियोगिता सम्पन्न
तपाईं के खोज्दै हुनुहुन्छ ?

मार्गदर्शन सहकारीको रकम अपचलन गरेको आरोपमा अध्यक्ष पक्राउ



अ+ अ-

काठमाडौँ । रुपन्देहीको सिद्धार्थनगर नगरपालिका–५ मैत्रीपथस्थित मार्गदर्शन बहुउद्देश्यीय सहकारीको रकम अपचलन गरेको आरोपमा अध्यक्ष अशोक केसी पक्राउ परेका छन् ।

बचतकर्ताको ५ करोड ९० लाख ८४ हजार १६५ रुपैयाँ अपचलन गरेको आरोपमा केसी भक्तपुरबाट पक्राउ परेका हुन् ।

दोलखाको मेलुङ गाउँपालिक–६ घर भएका ३४ वर्षीय केसीमाथि २० वैशाख २०८१ मा पक्राउ पुर्जी जारी भएको थियो । पक्राउ पुर्जी जारी भएपछि उनी फरार रहेका थिए ।

उनलाई भक्तपुरबाट पक्राउ गरी रुपन्देही ल्याइएको जिल्ला प्रहरी कार्यालय रुपन्देहीका प्रवक्ता गणेश सापकोटाले बताए ।