३ पुष २०८२, बिहीबार
,
Latest
चीनबाट विगतमा झैँ सहयोग र समर्थन हुने विश्वास-अध्यक्ष दाहाल पशुपति क्षेत्रमा पश्चिमी बाहिरी ढोका खुला भीमदत्त नगरपालिकाले विपिनको शालिक बनाउने भेनेजुएलामा आक्रमण गर्ने ‘घातक गल्ती’ नगर्न रुसको चेतावनी जेनजी आन्दोलनमा सुन्धारा कारागारबाट भागेका दुई कैदी पक्राउ एमालेको ११औँ महाधिवेशनबाट २४ बुँदे प्रस्ताव पारित न्यायपरिषद् न्यायपालिकाको चरित्र निर्माण गर्ने निकाय होः प्रधानन्यायाधीश राउत नेपाली कम्युनिष्ट पार्टीले जनताको अधिकारलाई बलियो बनाउँछः नेता रावल ओली अध्यक्ष, रवि रिहा, पूर्वराजा भारततिर नीति, विचार र सिद्धान्तबिनाको पार्टी दिगो हुँदैनः उपसभापति वाग्ले
तपाईं के खोज्दै हुनुहुन्छ ?

डिङ्गरनगर सहकारीले २५ करोड अपचलन गरेको पुष्टि, १२ करोडको हिनामिना



अ+ अ-

रुपन्देही । तिलोत्तमा नगरपालिका–२ स्थित डिङ्गरनगर दूरगामी बहुउद्देश्यीय सहकारी संस्थामा १२ करोड रुपैयाँ हिनामिना भएको पाईएको छ ।

सहकारीमा अनियमितता भएको आशंकापछि छानबिनका लागि खटिएका लेखापरीक्षकले सहकारीमा १२ करोड रुपैयाँ हिनामिना र २५ करोड अपचलन भएको पुष्टि गरेको हो ।

सहकारीका करिब दुई हजार बचतकर्ताको रकम पदाधिकारीको निजी खातामा जम्मा गरेको, व्यक्तिगत तजबिजमा लगानी गरेको, ऋण नलिएका व्यक्तिहरूको नाममा ऋण देखाइएको र सहकारीको सफ्टवेयरबाट अंक र अक्षर ‘डिलिट’ गरेको पाइएको छ ।

लेखापरीक्षकले बुधबार अन्तिम प्रतिवेदन तयार गरी कार्यसमितिमा बुझाएका छन् ।कार्यसमितिले पनि सो प्रतिवेदन लुम्बिनी प्रदेश सहकारी रजिष्टार कार्यालयमा पठाइसकेको बताइएको छ ।

लेखापरीक्षण स्रोतका अनुसार सहकारीमा १२ करोड रुपैयाँ हिनामिना, २५ करोड अपचलन र ८० करोड हाराहारीको नीतिगत अपचलन भएको पाईएको छ । यस प्रकरणका मुख्य अभियुक्त सहकारी अध्यक्ष घनश्याम तिवारी र सचिव रामबहादुर थापा क्षेत्री असार १७ गतेदेखि फरार छन् ।

उनीहरु फरार रहेपछि प्रहरीले अध्यक्ष तिवारीकी श्रीमती शारदा तिवारीलाई नियन्त्रणमा लिएको थियो । उनलेले बचतकर्तालाई करिब ७ करोड रुपैयाँ फिर्ता गराउने प्रस्ताव अघि सारेकी थिइन् ।

करिब २२ सय सदस्य रहेको भनिएको यो सहकारीमा पछिल्लो चरण १८ सय मात्रै रहेको र ती मध्ये ११ सय ऋणि रहेको बताइएको छ । यद्यपी, यसबारे छानविन समितिले विवरण सार्वजनिक गर्न बाँकी छ ।

बचतकर्ताहरुले आफ्ना रकम फिर्ता गर्न माग गर्दै सहकारीको कार्यालय अगाडि प्रदर्शन गर्दै आईहेका छन् ।