काठमाडौँ । नेपाली सुनचाँदी बजारमा बिहीबार सुनको मूल्य घटेको छ ।
आज सुन प्रतितोला आठ सय रुपैयाँले घटेर कारोबार भईरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
यससँगै बिहीबार छापावाल सुन प्रतितोला एक लाख ९३ हजार छ सय रुपैयाँमा कारोबार भईरहेको छ । बुधबार उक्त सुन प्रतितोला एक लाख ९४ हजार चार सय रुपैयाँमा कारोबार भएको थियो ।
यस्तै, बिहिबार चाँदीको मूल्य पनि घटेको छ । आज चाँदी प्रतितोला ४० रुपैँयाले घटेर दुई हजार २७० रुपैयाँमा कारोबार भईरहेको महासंघले जनाएको छ ।










