८ पुष २०८२, मंगलवार
,
Latest
जेनजी आन्दोलनको मर्मअनुसार सबै निर्वाचनमा सहभागी होऔँ: संरक्षक चौधरी यात्रुलाई अमर्यादित व्यवहार गर्ने ट्याक्सी र चालकलाई विमानस्थलमा प्रवेशमा रोक कोलम्बियामा अपहरण गरिएका १८ सैनिक रिहा गृहमन्त्री अर्यालद्वारा भेरी बबई डाइभर्सन बहुउद्देश्यीय आयोजनाको निरीक्षण आगलागीमा करिब तीन लाख क्षति, एक महिला घाइते वन तथा सडक क्षेत्र अतिक्रमण गरी बनाइएका घरटहरा भत्काइयो प्रदेश राजधानी सुन्दर र सुरक्षित बनाउन उद्योग वाणिज्य सङ्घको आग्रह श्रीकृष्ण माविलाई चौथो पटक राष्ट्रपति रनिङ शिल्ड सुनचाँदी पसले नै सुन चोरीमा संलग्न भएपछि… मुख्यमन्त्री कार्कीद्वारा म्याङलुङ बसपार्क र मेयङलुङ कृषि शीतभण्डार उद्घाटन
तपाईं के खोज्दै हुनुहुन्छ ?

चार दशकपछि पशुपति क्षेत्रका टोलटोलमा लाखे नाच



अ+ अ-

काठमाडौँ । चार दशकपछि पशुपति क्षेत्रका टोलटोलमा लाखे नाचको रौनकता छाएको छ ।

विगत ४५ वर्षदेखि हुन नसकेको ऐतिहासिक लाखे झ्यालिन्छ नाच यस वर्ष श्रावण शुक्ल पञ्चमीदेखि सुरू भएपछि लोप हुन लागेको पशुपति क्षेत्रको एउटा जात्राले पुनर्जीवन पाएको छ । पशुपति क्षेत्र विकास कोषअन्तर्गतको अमालकोट कचहरीका द्वारे रामकृष्ण डङ्गोल स्थानीयवासीको साथ र सहयोगले नै यो जात्रालाई पुनर्जीवन दिन सकिएको बताउनुहुन्छ ।

जयबागेश्वरी मन्दिर, देवपत्तनमा ऐतिहासिक लाखे झ्यालिन्छ नाचको पुनरुत्थान श्रावण शुक्ल पञ्चमीमा पुनर्जीवन दिइएको हो । कोषका साथै दथु त्वा: बाजं खल: र स्थानीय संस्कृति तथा सम्पदा प्रेमीहरूको सक्रियताबाट यो पौराणिक र नेवारी संस्कृति झल्काउने नाचलाई पुनर्जीवन दिइएको स्थानीय श्रीकृष्ण डङ्गोलले बताउनुभयो । श्रावण शुक्ल पञ्चमीदेखि भाद्र कृष्ण सप्तमीसम्म १७ दिन यो जात्रा सञ्चालन हुने जनाइएको छ ।

जात्रा शुभारम्भका दिन जयवागेश्वरीबाट पशुपतिनाथ मूल मन्दिरसम्म लाखे नचाएर जात्रा गरिएको छ । पशुपति क्षेत्रका सबै टोल एवं घरघरमा लैजान चाहनेका लागि प्रदर्शन गर्ने तयारी गरिएको छ । जात्रा चलाउनेमा प्राय: युवा, युवतीको बाहुल्यता देखिन्छ ।

पशुपति क्षेत्रमा प्रस्तुत गरिने लाखे नाचले भूतप्रेत नलागोस्, मरेका आत्माले दु:ख नदिऊन् र मृतकको आत्माले चिर शान्ति पाओस् भन्ने कामनाका साथ स्थानीयहरूको अनुरोधमा घरघरमा प्रदर्शन गरिने प्रचलन रहिआएको छ ।

विगतमा ४५ वर्षसम्म रोकिएको यो ऐतिहासिक परम्परालाई अब कहिल्यै लोप हुन नदिने कोष, स्थानीयवासी एवं आयोजक संस्था दथु त्वा: बाजं खल: र स्थानीय संस्कृति तथा सम्पदा प्रेमीहरूको प्रतिबद्धता छ । यो जात्रासँगै पशुपति क्षेत्रमा अन्य जात्रा पनि क्रमश: हुने परम्परा छ ।