२५ श्रावण २०८३, सोमबार
,
Latest
दोलखाको यलुङ–री हिमपहिरोमा बेपत्ता पाँच आरोहीको शव नौ महिनापछि भेटियो हेटौँडाको संस्कृत वेद विद्यालयमा प्राचीन धर्मग्रन्थको पुस्तकालय बनाइँदै विनोदले गाउँ छोडेका छैनन् गुह्येश्वरीमा दैनिक तीन करोड २४ लाख लिटर फोहर पानी प्रशोधन जुम्ला यातायात कार्यालयले उठायो एक वर्षमा पौने दुई करोड राजस्व प्रधानमन्त्री बालेन्द्र शाहसँग भारतीय राजदूत श्रीवास्तवको शिष्टाचार भेट मुस्लिम आयोगद्वारा राष्ट्रपति पौडेलसमक्ष वार्षिक प्रतिवेदन पेश अर्थमन्त्री डा. वाग्लेले आज नेपालमा लगानी गरेका बहुराष्ट्रिय २० ठूला करदाता कम्पनीका प्रतिनिधिसँग छलफल गर्नुहुँदै थर्पु बजार खानेपानी समितिद्वारा गोरखाका पहिरोपीडितलाई एक लाख एक हजार सहयोग सुनचाँदीको मूल्यमा सामान्य उतार चढाव
तपाईं के खोज्दै हुनुहुन्छ ?

भ्रष्टाचार र सरकार पर्यायवाची जस्तै बनेः सांसद शर्मा



अ+ अ-

नेकपा (माओवादी केन्द्र)का सांसद जगप्रसाद शर्माले भ्रष्टाचार र सरकार पर्यायवाची जस्तै बनेको टिप्पणी गर्नुभएको छ ।

राष्ट्रिय सभाको बुधवारको बैठकमा बोल्दै सांसद शर्माले यस्तो टिप्पणी गर्नुभएको हो । मुलुकमा भ्रष्टाचार बढ्नुमा मुख्य दोषि स्वयं सरकार भएको उहाँको आरोप छ । उहाँले भ्रष्टाचार नियन्त्रण गर्न सरकारले कडा कदम चाल्न नसके मुलुक कालोसूचीमा पर्ने चेतावनी समेत दिनुभयो । उहाँले भ्रष्टाचार रोक्न सरकारले कुनै प्रभावकारी कदम चाल्न नसकेको आरोप पनि लगाउनु भयो ।

उहाँले भन्नुभयो, ‘अहिले राष्ट्रको मुख्य समस्या भ्रष्टाचार बनेको छ । भ्रष्टाचारको मुख्य दोषि सरकार नै हुन्छ । सरकार र भ्रष्टाचार अहिले पर्यायवाची बनेका छन् । सरकारले समस्या अन्यत्र होइन आफैंभित्र खोज्न सक्नुपर्छ । यसलाई रोक्न नसक्दा देश र जनता बर्बादीको दिशामा गइरहेका छन् । र आउने पुस्ताको भविष्य झन डामाडोल हुँदै गइरहेको छ । यसलाई समयमै रोक्न नसक्ने हो भने देश ग्रे लिष्टमा निस्किने होइन कि सिधै ब्ल्याक लिष्टमा जाने अवस्था आउन सक्छ । भ्रष्टाचार गर्न विशेष कदम चाल्न र सम्पती छानविन गर्न प्रक्रिया अगाडि बढाइयोस् म सरकारको ध्यानाकर्षण गराउन चाहन्छु ।’

भ्रष्टाचार नियन्त्रण गर्न कडा कदम चाल्न तथा नेताहरुको सम्पती छानविन गर्ने प्रक्रिया शुरु गर्न सरकारको ध्यानाकर्षण समेत गराउनु भयो ।