५ पुष २०८२, शनिबार
,
Latest
राष्ट्रिय सहमति भए इभोटिङको व्यवस्था गर्न सकिन्छ- सञ्चारमन्त्री खरेल दश बुँदे घोषणापत्र जारी पत्रकार महासङ्घ गण्डकीको भेला सम्पन्न मारिएका बङ्गलादेशी विद्यार्थी नेताको अन्त्येष्टिमा दशौँ हजार शुभचिन्तक सहभागी साफ महिला च्याम्पियनसिपः एपिएफलाई हराउँदै इस्ट बङ्गाल विजयी गृहमन्त्री अर्यालद्वारा नुवाकोटस्थित केन्द्रीय कारागारको निरीक्षण विधि र प्रक्रिया पूरा गरेर महाधिवेशन हुनुपर्छ- नेता सिंह राजनीतिमा मिल्न बाँकी हिसाब ! ‘पार्टीलाई थप सुदृढ बनाउन एकताबद्ध भएर लाग्छौँ’ पत्रकारले आचारसहिंता पुर्ण रूपले गर्नुपर्नेमा जोड टेबलटेनिस प्रतियोगितामा रुविन र इभानालाई स्वर्ण
तपाईं के खोज्दै हुनुहुन्छ ?

राप्ती नदीमा आपत्कालीन तटबन्ध निर्माण



अ+ अ-

नेपालगञ्ज । बाँकेको राप्तीसोनारी गाउँपालिका-७ खल्ला झगडियास्थित राप्ती नदीमा आपत्कालीन तटबन्ध निर्माण गरिएको छ । जिल्लामा राप्ती नदीको बाढीबाट बस्ती जोगाउन ‘बेम्बोपाइलिङ र आरसिसी प्रकुपाइन’ प्रविधिबाट आपत्कालीन तटबन्ध निर्माण गरिएको हो । तटबन्ध निर्माण भएपछि स्थानीयबासी खुशी देखिएका छन् ।

“तटबन्ध निर्माण भएसँगै बाढीको जोखिम घटेको छ, अब ढुक्कसँग बस्न पाउनेमा विश्वास लागेको छ”, राप्तीसोनारी(७ का वडाध्यक्ष रामलखन थारुले भन्नुभयो । उहाँले जनताको तटबन्ध कार्यालयअन्तर्गत लिइएको पहल र तत्परताको प्रशंसा गर्दै यस वर्ष वर्षामा बस्ती जोगिने धारणा राख्नुभयो ।

वर्षा सकिएपछि स्थायी तटबन्धको प्रावधान रहेको उल्लेख गर्दै वडाध्यक्ष थारुले तटबन्धपछि स्थानीय निकै खुसी भएका बताउनुभयो । तीन वर्षअघि आधा भत्किएको तटबन्ध ठूलो बाढी आउनेबित्तिकै पूरै भत्केर आधा दर्जन गाउँ डुब्ने खतरा थियो । विसं २०७१ को बाढीपछि राप्ती नदीले धार परिवर्तन गरेपछि खल्ला झगडियालगायत दर्जनौँ गाउँ डुबानको जोखिममा पर्दै आएका थिए ।

यस वर्ष जनताको तटबन्ध कार्यालयले जेठ अन्तिमदेखि आपत्कालीन तटबन्ध निर्माण गरेपछि स्थानीयवासी बाढीको त्रासबाट मुक्त भएका छन् । रु छ करोड ५० लाख लागतमा पक्की तटबन्ध निर्माण गर्ने ठेक्का अनुसार बस्तीलाई डुबानबाट जोगाउन पहल थालिएको जनातको तटबन्ध कार्यालय लमही ९दाङ०ले जनाएको छ ।

कार्यालय प्रमुख डा नारायणप्रसाद सुवेदीले खल्ला झगडिया र जरैयामा आपत्कालीन तटबन्ध बनाएर यस वर्ष डुबानबाट हुनसक्ने जोखिम न्उूनीकरणको पहल थालिएको उल्लेख गर्दै वर्षापछि स्थायी तटबन्ध निर्माण प्रक्रिया सुरु हुने जानकारी दिनुभयो । उहाँले यस्तो प्रविधि पूर्वी नेपाल र पश्चिम राप्ती नदीमा पनि प्रयोग गरिएको भन्दै यो प्रविधिमा खर्च पनि कटौती हुने बताउनुभयो ।

“हामीले ‘बेम्बोपाइलिङ र कङ्क्रिट प्रकुपाइन’लाई एकीकृत रूपमा प्रयोग गरेका छौँ”, डा सुवेदीले भन्नुभयो । अनुसन्धानका लागि पनि तटबन्ध निर्माणका क्रममा नयाँ अभ्यास भएको जानकारी दिँदै उहाँले आफूहरूसँग सिकेर भारतले समेत यस्तो प्रविधिबाट तटबन्ध बनाएको उल्लेख गर्नुभयो । उहाँका अनुसार आपत्कालीन तटबन्धमा बाँस, बालुवा भरिएका प्लास्टिकका बोरा, जाली र सिमेन्टको पोल प्रयोग गरिएको छ ।

स्थानीयवासी दुर्गा पाण्डेले आपत्कालीन तटबन्ध बनेकाले वर्षामा गाउँ डुबानमा नपर्ने विश्वास बढेको बताउनुभयो । खल्ला झगडियामा निर्माण भएको तटबन्धका कारण देउपुरा, पिप्रहवा, नरैनापुर गाउँपालिका-६ को सोनवर्षा, कुदरवेटवा, गङ्गापुर, भगवानपुर र वडा नम्बर ५ को नवाजीगाउँ, भोजपुर तथा डुडुवा गाउँपालिका(१ को कुडवागाउँ लाभान्वित हुनेछन् ।  रासस