२६ जेष्ठ २०८३, मंगलवार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

मधेसका पूर्वप्रमुख अहिराजविरूद्ध बलात्कारको मुद्दा दायर



अ+ अ-

काठमाडौँ । मधेस प्रदेशका पूर्वप्रमुख राजेश झा (अहिराज)विरूद्ध बलात्कारको मुद्दा दायर भएको छ ।

सरकारी वकिलको कार्यालय काठमाडौँले मंगलबार काठमाडौं जिल्ला अदालतमा उनीविरूद्ध मुद्दा दायर गरेको हो ।

उनी साउन ४ गते पक्राउ परेका थिए। उनी पक्राउ परेको १० औं दिनमा मुद्दाको अनुसन्धान तथा अभियोजन सकेर अदालतमा दायर गरेको हो ।

उनीमाथि बानेश्वरमा एक युवतीमाथि बलात्कार गरेको आरोप छ ।

गत माघ ३ गते उनीविरूद्ध जिल्ला प्रहरी परिसर काठमाडौंमा जाहेरी दर्ता भएको थियो ।

अहिराज २०७७ फागुन ७ देखि २०७८ साउन ३२ सम्म मधेस प्रदेश प्रमुखमा रहेका थिए ।