२५ आश्विन २०८१, शुक्रबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

नेपालमा कोरोनाबाट मृत्यु हुनेको संख्या छ पुग्यो



अ+ अ-

काठमाडौँ । नेपालमा कोरोना भाइरसको संक्रमणबाट ६ जनाको मृत्यु भएको छ । भारतबाट फर्किँदै गरेका अर्घाखाँचीका युवकमा पनि संक्रमण भएको पुष्टि भएको छ । उनको बाटोमै मृत्यु भएको थियो । उनीसँगै कोरोनाबाट मृत्यु हुनेको संख्या ६ पुगेको हो ।

यही जेठ १० गते भारतबाट फर्किने क्रममा अर्घाखाँचीको भूमिकास्थान नगरपालिका, ९ का एक युवकको बाटोमै  मृत्यु भएको थियो । भैरहवाको प्रयोगशालमा स्वाब परीक्षण गर्दा बिहीबार मात्रै उनमा कोरोना संक्रमण भएको पुष्टि भएको थियो ।

उनलाई कोरोना भएको पुष्टि बिहीबार नै भएको थियो । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले भने शुक्रबार मात्रै ‍औपचारिक रुपमा कोरोनाले मृत्यु भएको घोषणा गरेको छ ।

उनका आफन्तहरुले घर फर्किने क्रममा मृत्यु भएका युवकको शव सन्धिखर्कस्थित गच्चेमा गाडेको जवाफ दिएका छन् ।