२१ आश्विन २०८३, बुधबार Wednesday, October 7, 2026
२१ आश्विन २०८३, बुधबार
ताजा खबर
News Polar एनपिएलको तयारी अन्तिम चरणमा News Polar भालुको पित्त र हात्तीको दाह्रासहित तीन पक्राउ News Polar कांग्रेस १५औँ महाधिवेशनः विभिन्न पदका उम्मेदवारको प्रारम्भिक नामावली सार्वजनिक News Polar कांग्रेस १५औँ महाधिवेशन : पदाधिकारीमा को–को भिड्दैछन् ? यस्तो छ पूरा सूची News Polar रेडक्रसले भोटेकोशी बाढीमा बेपत्ता र मृतकका परिवारलाई एक लाख नगद सहयोग गर्ने News Polar मालढुङ्गा पुल पश्चिम नेपालकै लाइफलाइन हो, जतिसक्यो चाँडै सञ्चालनमा ल्याउनुपर्छः ढकाल News Polar नारायणी नदीको बाढी : एक हजार १५० मिटर तटबन्धमा क्षति News Polar बाढीले बेनी–दरवाङ सडक कटान, दुखुबेँसीबस्ती जोखिममा News Polar पूर्वसूचनाले कञ्चनपुरका किसानलाई धान काट्न सहज News Polar जीप सफारीमार्फत पर्यटकीय गन्तव्य जोड्ने तयारी News Polar कोरला नाका जोड्ने सडकका विभिन्न खण्डमा मर्मत तीव्र News Polar ड्रागन फ्रुटखेतीले देखाएको बाजुराको सम्भावना News Polar आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर News Polar एनपिएलको तयारी अन्तिम चरणमा News Polar नेपाल–रुस परामर्श संयन्त्रको तेस्रो बैठक आज News Polar किसान परिचयपत्र वितरण गर्न माग News Polar पर्यटकलाई दुःख दिने १५ जना पक्राउ News Polar नक्कली नोट कारोबार गर्ने दुई जना पक्राउ News Polar मल्कवाङबाट गर्भवतीको हवाई उद्धार News Polar एसियाड पारा खेलाडीलाई टिसर्ट

शान्ति प्रक्रिया र संक्रमणकालीन न्यायसँग सम्बन्धित बाँकी कामहरु छिटै टुंगिन्छः मन्त्री चौरसिया

शान्ति प्रक्रिया र संक्रमणकालीन न्यायसँग सम्बन्धित बाँकी कामहरु छिटै टुंगिन्छः मन्त्री चौरसिया
अ अ+ अ-

काठमाडौँ । कानून, न्याय तथा संसदीय मामिलामन्त्री अजयकुमार चौरसियाले शान्ति प्रक्रिया र संक्रमणकालीन न्यायसँग सम्बन्धित बाँकी कामहरु छिटो सम्पन्न गर्ने सरकारले लक्ष्य रहेको बताउनुभएको छ ।

मंगलवार सिंहदरबारमा बसेको सार्वजनिक नीति तथा प्रत्यायोजित विधायन समितिको बैठकमा बोल्दै उहाँले यस्तो बताउनुभएको हो ।

उहाँले संक्रमणकालीन न्यायसँग सम्बन्धित विधेयक पनि सर्वसम्मतिले पारित भइरहेको र शान्ति सम्झौतका क्रममा भएका समझदारी, सहमति र सम्झौताको एकीकृत अभिलेख तयार गर्ने काम भइरहेको बताउनु भयो । जनआन्दोलन र जनयुद्ध, मधेस आन्दोलन लगायतका विभिन्न राजनीतिक परिवर्तन, आन्दोलनमा घाइते एवं अपाङ्गको सूचि अद्यावधिक गर्न समस्याको दिगो समाधान गर्न उच्चस्तरीय समिति गठन गर्ने बताउनु भयो । सशस्त्र द्वन्द्व र जनआन्दोलनका घाइते र अपाङ्गता भएकालाई जीवन निर्वाहका लागि भत्ता वितरण तथा द्वन्द्व पीडितलाई क्षतिपूर्ति, उपचारमा आवश्यक उपकरण, शिक्षा, रोजगारी, स्वरोजगारको अवसर र आर्थिक सहायता उपलब्ध गराइ पुनःस्थापना र परिपूरण लगायतको कार्य गर्न शान्ति कोषको व्यवस्था गरिएको बताउनु भयो ।

मन्त्री चौरसियाले भन्नुभयो, ‘शान्ति प्रक्रिया र संक्रमणकालीन बाँकी काम शिघ्र सम्पन्न गरिनेछ । यसको विधेयक पनि सर्वसम्मतिले पारित भइसकेको छ । शान्ति सम्झौताका क्रममा भएका सहमति, समझदारी सम्झौता एकीकृत अभिलेख तयार गरिने गर्ने काम भइरहेको छ । जनआन्दोलन र जनयुद्ध, मधेस आन्दोलन लगायतका विभिन्न राजनीतिक परिवर्तन, आन्दोलनमा घाइते एवं अपाङ्गको सूचि अद्यावधिक गर्न समस्याको दिगो समाधान गर्न उच्चस्तरीय समिति गठन गरिनेछ । सशस्त्र द्वन्द्व र जनआन्दोलनका घाइते र अपाङ्गता भएकालाई जीवन निर्वाहका लागि भत्ता वितरण तथा द्वन्द्व पीडितलाई क्षतिपूर्ति, उपचारमा आवश्यक उपकरण, शिक्षा, रोजगारी, स्वरोजगारको अवसर र आर्थिक सहायता उपलब्ध गराइ पुनःस्थापना र परिपूरण लगायतको कार्य गर्न शान्ति कोषको व्यवस्था गरिएको छ । राजनीतिक परिवर्तनका लागि सशस्त्र संघर्ष लगायतका आन्दोलनका योद्धाहरुलाई गणतान्त्रिक योद्धा सम्मान प्रदान गर्ने व्यवस्था मिलाइनेछ ।’

मन्त्री चौरसियाले राजनीतिक परिवर्तनका लागि सशस्त्र संघर्ष लगायतका आन्दोलनका योद्धाहरुलाई गणतान्त्रिक योद्धा सम्मान प्रदान गर्ने व्यवस्था मिलाइने बताउनु भयो ।