१९ मंसिर २०८२, शुक्रबार
,
Latest
एक्साइड ब्याटमोबाइल सेवा ५०,००० ग्राहकसम्म पुर्‍याउँदै इतिहास रच्यो एनपीएलः जनकपुरलाई हराउँदै लुम्बिनी प्लेअफमा उपराष्ट्रपति यादवसँग सार्क महासचिवको शिष्टाचार भेट महाधिवेशन जनशक्तिको ऐक्यबद्धता प्रदर्शन गर्ने अवसर : अध्यक्ष ओली आयोगद्वारा निर्वाचनमा समावेशिता र सुशासन सुनिश्चित गर्न दललाई निर्देशन कांग्रेसको कलहः होला त पुसमा महाधिवेशन ? विनाशकारी मौसमी प्रकोपपछि श्रीलङ्कामा ८५ प्रतिशत विद्युत आपूर्ति अवरुद्ध महिला भलिबल प्रतियोगिता : नेपाल पुलिस क्लब विजयी बालबालिकालाई अस्थायी संरक्षण र वैकल्पिक स्याहारको व्यवस्था गर्दै कामपा विश्वकप खेल्ने नेपाली महिला टोलीको बन्द प्रशिक्षण सुरु
तपाईं के खोज्दै हुनुहुन्छ ?

दुग्धजन्य सामग्री विदेशबाट आयात भइरहेका छन्, नेपालमै उत्पादन गरेर प्रतिस्थापन गर्न लागौंः अध्यक्ष ढकाल



अ+ अ-

काठमाडौँ । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले नेपालमा दुग्धजन्य वस्तुहरु विदेशबाट आयात भइरहेको बताउँदै त्यसलाई प्रतिस्थापन गर्नेगरी उत्पादन बढाउन जरुरी रहेको बताउनुभएको छ ।

मंगलवार काठमाडौंमा आयोजना गरेको नेपाल डेरी एशोसिएशनले राजधानीमा गरेको खिर प्रवद्र्धन कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष ढकालले हस्पिटालिटी क्षेत्रले अहिलेपनि कतिपय ‘डेरि आइट’ हरु मुलुकबाहिरबाट मगाउनुपर्ने बाध्यता रहेको बताउनुभएको हो ।

उहाँकाअनुसार त्यो बाध्यतालाई हटाउँदै विश्वस्तरको मापदण्ड पूरा गर्दै नेपालमै दुग्धजन्य विभिन्न वस्तुहरु उत्पादन हुनुपर्छ । अध्यक्ष ढकालले दुग्धजन्य वस्तुहरु आयातमा करौडौं नेपाली मुद्रा बाहिर गइरहेको बताउनु भयो । उहाँले दुधजन्य विभिन्न वस्तुहरु उत्पादन गरेरै ठूलो रकम बाहिर जानबाट जोगाउनुपर्ने बताउनु भयो ।
अध्यक्ष ढकालले भन्नुभयो–‘कम्तिमा पनि हाम्रा प्रोडक्टबाट आयात प्रतिस्थापन गरौं । उत्पादन गरेर बाहिर निर्यात गर्नका लागि के गर्न सकिन्छ, त्यसमा लागौं । त्यसका लागि नेपाल उद्योग वाणिज्य महासंघले सरकारलाई घचघचाउनुपर्छ भने पनि तयार छ । डेरी उद्योगका मागप्रति सरकार गम्भीर हुनुपर्छ ।’ 

उहाँकाअनुसार नेपालमा उत्पादित दुग्धजन्य वस्तुहरु गुणस्तरीयको मामिलामा कमजोर हुनुहुँदैन । अहिले पनि सरकारी कानूनहरु परम्परागत शैलीका रहेकाले त्यसलाई सुधार्न आफ्नो बितेको २ वर्षको कार्यकालमा पूर्ण रुपमा लागेको समेत अध्यक्ष ढकालले बताउनु भयो । उहाँकाअनुसार अध्यादेशमार्फत धेरै कानूनहरु संशोधन गर्न सकिएको छ । आगामी दिनमा समेत बाँकी कानूनहरु संशोधनमा लैजानका लागि महासंघले लर्बिङ गर्नेछ । अध्यादेशमार्फत संशोधित कानूनसहित बजेट, मौद्रिक नीतिमार्फत गरिएका व्यवस्थाहरु यथाशक्य सरकारले कार्यान्वयनमा लैजानुपर्नेमा समेत ढकालले जोड दिनुभयो । उहाँले आन्तरीक उत्पादनलाई वृद्धिसँगै प्रयोग बढाउन महासंघले आवश्यक लर्बिङ गर्नेछ । कार्यक्रममा नेपाल डेरी एशोसिएशनका अध्यक्ष प्रह्लाद दाहालले कृषि क्षेत्रको विकास हुन नसके यो देशले फड्को मार्न नसक्ने बताउनु भयो ।

अध्यक्ष दाहालले भन्नुभयो–‘यदी यो देशमा कृषि क्षेत्रको समस्या समाधान हुन सक्दैन भने यो देश विकास हुनै सक्दैन । राज्य गम्भीर होस् । हामी कृषिमा आत्मनिर्भर भयौं भने बाहिरीएको मुद्रा वचत हुनेछ । देशले फड्को मार्नेछ । कृषिमा आत्मनिर्भर बनाउन सरकार गम्भीर होस् ।’

अध्यक्ष दाहालले देशमा मही प्याकेटिङ गरेर उद्योगहरुले बजारमा ल्याइरहेको बताउँदै त्यसलाई राज्यले प्रवद्र्धन गर्न जोड दिनुपर्ने बताउनु भयो । उहाँकाअनुसार मही अहिले राम्रो खपत भइरहेको छ । यसको खपत अझ बढाउन राज्यले सहयोग गर्नुपर्छ ।