२२ जेष्ठ २०८३, शुक्रबार
,
Latest
परराष्ट्रमन्त्री खनाल नयाँ दिल्ली पुगे निर्वाचनसम्बन्धी विधेयक पारित भए निर्वाचन प्रणालीमा रहेका ९० प्रतिशत समस्या हल हुन्छः निर्वाचन आयोग काठमाडौं महानगरपालिकाद्वारा २ हजार ४२१ सडक मानवको उद्धार, ८८३ जनाको पारिवारिक पुनर्मिलन नगर अधिवेशनको विवादलाई लिएर रास्वपा धनुषाको जिल्ला कार्यालयमा तालाबन्दी नाडाले बजेटप्रति मिश्रित प्रतिक्रिया, कर नीतिले सवारी मूल्य बढ्ने चिन्ता ग्राहकले ल्याएको प्लास्टिकजन्य फोहोर रिसाइकल गरी उपयोगी सामग्री बनाइदिने ‘जेरो क्याफे’ मानव–वन्यजन्तु द्वन्द्व व्यवस्थापनबारे सुझाव माग्दै सरकारको सार्वजनिक आह्वान रासायनिक मलसम्बन्धी गुनासो सुन्न प्रदेश मन्त्रालयमा ‘फोकल पर्सन’ तोक्न संघीय सरकारको निर्देशन गर्मी छल्न महोत्तरीमा विद्यालयहरू धमाधम बन्द गरिँदै हुम्लामा आगलागीबाट तीनतले घर नष्ट
तपाईं के खोज्दै हुनुहुन्छ ?

दुग्धजन्य सामग्री विदेशबाट आयात भइरहेका छन्, नेपालमै उत्पादन गरेर प्रतिस्थापन गर्न लागौंः अध्यक्ष ढकाल



अ+ अ-

काठमाडौँ । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले नेपालमा दुग्धजन्य वस्तुहरु विदेशबाट आयात भइरहेको बताउँदै त्यसलाई प्रतिस्थापन गर्नेगरी उत्पादन बढाउन जरुरी रहेको बताउनुभएको छ ।

मंगलवार काठमाडौंमा आयोजना गरेको नेपाल डेरी एशोसिएशनले राजधानीमा गरेको खिर प्रवद्र्धन कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष ढकालले हस्पिटालिटी क्षेत्रले अहिलेपनि कतिपय ‘डेरि आइट’ हरु मुलुकबाहिरबाट मगाउनुपर्ने बाध्यता रहेको बताउनुभएको हो ।

उहाँकाअनुसार त्यो बाध्यतालाई हटाउँदै विश्वस्तरको मापदण्ड पूरा गर्दै नेपालमै दुग्धजन्य विभिन्न वस्तुहरु उत्पादन हुनुपर्छ । अध्यक्ष ढकालले दुग्धजन्य वस्तुहरु आयातमा करौडौं नेपाली मुद्रा बाहिर गइरहेको बताउनु भयो । उहाँले दुधजन्य विभिन्न वस्तुहरु उत्पादन गरेरै ठूलो रकम बाहिर जानबाट जोगाउनुपर्ने बताउनु भयो ।
अध्यक्ष ढकालले भन्नुभयो–‘कम्तिमा पनि हाम्रा प्रोडक्टबाट आयात प्रतिस्थापन गरौं । उत्पादन गरेर बाहिर निर्यात गर्नका लागि के गर्न सकिन्छ, त्यसमा लागौं । त्यसका लागि नेपाल उद्योग वाणिज्य महासंघले सरकारलाई घचघचाउनुपर्छ भने पनि तयार छ । डेरी उद्योगका मागप्रति सरकार गम्भीर हुनुपर्छ ।’ 

उहाँकाअनुसार नेपालमा उत्पादित दुग्धजन्य वस्तुहरु गुणस्तरीयको मामिलामा कमजोर हुनुहुँदैन । अहिले पनि सरकारी कानूनहरु परम्परागत शैलीका रहेकाले त्यसलाई सुधार्न आफ्नो बितेको २ वर्षको कार्यकालमा पूर्ण रुपमा लागेको समेत अध्यक्ष ढकालले बताउनु भयो । उहाँकाअनुसार अध्यादेशमार्फत धेरै कानूनहरु संशोधन गर्न सकिएको छ । आगामी दिनमा समेत बाँकी कानूनहरु संशोधनमा लैजानका लागि महासंघले लर्बिङ गर्नेछ । अध्यादेशमार्फत संशोधित कानूनसहित बजेट, मौद्रिक नीतिमार्फत गरिएका व्यवस्थाहरु यथाशक्य सरकारले कार्यान्वयनमा लैजानुपर्नेमा समेत ढकालले जोड दिनुभयो । उहाँले आन्तरीक उत्पादनलाई वृद्धिसँगै प्रयोग बढाउन महासंघले आवश्यक लर्बिङ गर्नेछ । कार्यक्रममा नेपाल डेरी एशोसिएशनका अध्यक्ष प्रह्लाद दाहालले कृषि क्षेत्रको विकास हुन नसके यो देशले फड्को मार्न नसक्ने बताउनु भयो ।

अध्यक्ष दाहालले भन्नुभयो–‘यदी यो देशमा कृषि क्षेत्रको समस्या समाधान हुन सक्दैन भने यो देश विकास हुनै सक्दैन । राज्य गम्भीर होस् । हामी कृषिमा आत्मनिर्भर भयौं भने बाहिरीएको मुद्रा वचत हुनेछ । देशले फड्को मार्नेछ । कृषिमा आत्मनिर्भर बनाउन सरकार गम्भीर होस् ।’

अध्यक्ष दाहालले देशमा मही प्याकेटिङ गरेर उद्योगहरुले बजारमा ल्याइरहेको बताउँदै त्यसलाई राज्यले प्रवद्र्धन गर्न जोड दिनुपर्ने बताउनु भयो । उहाँकाअनुसार मही अहिले राम्रो खपत भइरहेको छ । यसको खपत अझ बढाउन राज्यले सहयोग गर्नुपर्छ ।




भर्खरै