२१ आश्विन २०८३, बुधबार Wednesday, October 7, 2026
२१ आश्विन २०८३, बुधबार
ताजा खबर
News Polar एनपिएलको तयारी अन्तिम चरणमा News Polar भालुको पित्त र हात्तीको दाह्रासहित तीन पक्राउ News Polar कांग्रेस १५औँ महाधिवेशनः विभिन्न पदका उम्मेदवारको प्रारम्भिक नामावली सार्वजनिक News Polar कांग्रेस १५औँ महाधिवेशन : पदाधिकारीमा को–को भिड्दैछन् ? यस्तो छ पूरा सूची News Polar रेडक्रसले भोटेकोशी बाढीमा बेपत्ता र मृतकका परिवारलाई एक लाख नगद सहयोग गर्ने News Polar मालढुङ्गा पुल पश्चिम नेपालकै लाइफलाइन हो, जतिसक्यो चाँडै सञ्चालनमा ल्याउनुपर्छः ढकाल News Polar नारायणी नदीको बाढी : एक हजार १५० मिटर तटबन्धमा क्षति News Polar बाढीले बेनी–दरवाङ सडक कटान, दुखुबेँसीबस्ती जोखिममा News Polar पूर्वसूचनाले कञ्चनपुरका किसानलाई धान काट्न सहज News Polar जीप सफारीमार्फत पर्यटकीय गन्तव्य जोड्ने तयारी News Polar कोरला नाका जोड्ने सडकका विभिन्न खण्डमा मर्मत तीव्र News Polar ड्रागन फ्रुटखेतीले देखाएको बाजुराको सम्भावना News Polar आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर News Polar एनपिएलको तयारी अन्तिम चरणमा News Polar नेपाल–रुस परामर्श संयन्त्रको तेस्रो बैठक आज News Polar किसान परिचयपत्र वितरण गर्न माग News Polar पर्यटकलाई दुःख दिने १५ जना पक्राउ News Polar नक्कली नोट कारोबार गर्ने दुई जना पक्राउ News Polar मल्कवाङबाट गर्भवतीको हवाई उद्धार News Polar एसियाड पारा खेलाडीलाई टिसर्ट

भूमिसम्बन्धी विधेयक भूमिहिनलाई औजार बनाएर चुनावमा मत बटुल्ने प्रयोजन होः सांसद गौतम

भूमिसम्बन्धी विधेयक भूमिहिनलाई औजार बनाएर चुनावमा मत बटुल्ने प्रयोजन होः सांसद गौतम
अ अ+ अ-

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद सोविता गौतमले गिरीबन्धु जग्गा प्रकरण नीतिगत भ्रष्टाचारको स्पष्ट नमूना भएको टिप्पणी गर्नुभएको छ ।

प्रतिनिधि सभाअन्तर्गत कृषि, सहकारी तथा प्राकृतिक स्रोत समितिको बैठकमा भूमि सम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्न बनेको विधेयकमाथि छलफलमा भाग लिँदै सांसद गौतमले यस्तो टिप्पणी गर्नुभएको हो ।

उहाँले भूमिसम्बन्धी ऐनमा अहिलेसम्म १६ पटक संशोधन भइसकेको उल्लेख गर्दै विधेयकमा चरणवद्ध संशोधन पनि नीतिगत भ्रष्टाचारको निरन्तरता भएको बताउनु भयो । उहाँले केही घरजग्गा व्यवसायीहरुले कानूनको इन्द्रजाल प्रयोग गरी हदबन्दीभन्दा बढी जमिन लिन सफल भएको पनि बताउनु भयो । उहाँले भूमिहिनहरुलाई सरकारले भूमि दिनुपर्ने अपरीहार्य आवश्यकता भएपनि सरकारले लक्ष्यबिना हुचुवाको भरमा कानून संशोधन गरिरहेको आरोप लगाउनु भयो । भूमिहिन दलित र भूमिहिन सुकुम्बासीहरुलाई औजार बनाएर चुनावमा भोट उठाउने काम राजनीतिक दलहरुले बन्द गर्नुपर्ने सांसद गौतमको भनाइ छ ।

उहाँले भन्नुभयो, ‘उद्योग सञ्चालन होला या नहोला तर सञ्चालकले कानूनको दुरुपयोग गरेर अकुत लाभ उठाउन पाउँछन् । आउने दिनहरुमा उत्पादन सोचेजस्तो नभएको अवस्थामा कानूनको गलत प्रयोग गरी ठूलो रकम कमाउने चाहाना भएका मानिसहरुलाई हदबन्दीभन्दा बढी जमिन भएका व्यवसायीहरुले यही तरिका नअपनाउलान् भन्न सकिन्न । केहीले त यो प्रक्रिया गरिरहेकै पनि छन् । अहिले विवादमा चुलिएको गिरीबन्धु टिस्टेट जग्गा प्रकरण पनि यही सट्टापट्टाको कानूनी व्यवस्थाबाट सुरु भएको देखिन्छ । यो नीतिगत भ्रष्टाचारको एक स्पष्ट उदाहरण हो । जुन काम गर्नको लागि जग्गा लिएको त्यो काम त्यही जग्गामा नगरेर अन्यत्र गर्छु भन्नु चाहीँ राज्यमाथिको ठगी हो । हामी यसमा स्पष्ट हुनुपर्छ ।’

उहाँले भूमिहिनको समस्या समाधानको लागि विधेयक बनाइएको भए तथ्यांक लिएर आउन सरकारलाई आग्रह गर्नुभयो ।