२५ आश्विन २०८१, शुक्रबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

जनता समाजवादीकाे संविधान संशाेधनकाे प्रस्ताव



अ+ अ-

काठमाडौं: जनता समाजवादी पार्टी पनि संविधान संशोधनको अलग प्रस्ताव लिएर संघीय संसद सचिवालय पुगेकाे छ । सरकारले यसअघि नै सरकारी विधेयकका रूपमा नेपालकाे निशानछाप परिवर्तन गर्ने सम्बन्धी विधेयक संसदमा दर्ता गरेकाे छ । 

तर समाजवादी पार्टीले भने गैरसरकारी विधेयक दर्ता गर्न खाेजेकाे हाे । विधेयक दर्तामा संसदीय प्रकृया देखाउँदै संसद सचिवालयले प्रस्ताव दर्ता गर्न अस्वीकार गरेकाे संसद सचिवालयले जनाएकाे छ । उनीहरुले तयार पारेको विधेयक अध्ययन गरेपछि सचिवालयका महासचिवले यस विषयमा सभामुख अग्नि सापकोटासँग छलफल गरेपछि मात्र दर्ता गर्न सकिने जवाफ दिएका थिए ।

पार्टीका नेता अनिल झाका अनुसार निवेदनका बारेमा थप छलफल सभामुख सापकोटासँग गरेपछि आइतबार दर्ता गर्ने भनेपछि नेताहरु फर्कनु भएकाे थियाे । जसपाले आफूहरुले राखेको मागको आधारमा प्याकेजमै संविधान संशोधन गर्न माग गरेको छ । यसअघि उनीहरू प्रमुख प्रतिपक्षी नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाकाे समर्थन जुटाउन बुढानिलकण्ठस्थित देउवा निवासमै पुगेर छलफल गरेका थिए ।