२३ मंसिर २०८२, मंगलवार
,
Latest
चलचित्र परानले गर्‍यो करिब १७ करोडको व्यापार, अरुको कति? इन्धनबाट चल्ने गाडीहरु विस्थापन हुँदा सयौँ मजदुरहरु पलायन हुने स्थिति आयोः श्रेष्ठ चिसोले चरन सुक्दा मनाङका किसान जैविक दानातर्फ आकर्षित कालीगण्डकीको पानी रत्नेचौरमा: ‘एक घर, एक धारा’ स्मृति र पलाशको विवाह रद्द अरुण नदीमा रहेको अवैध क्रसर उद्योग सञ्चालनमा रोक लुम्बिनीमा भारत–नेपाल सांस्कृतिक महोत्सवको तेस्रो संस्करण सम्पन्न हिउँदयाममा बासस्थान फेरिएको मुस्ताङको साङ्ता गाउँ बालबालिकाले पक्की भवनको कक्षा कोठामा बसेर पढ्न पाउँदा… सार्कलाई थप गतिशील बनाउने नयाँ संकल्प आवश्यक छः प्रधानमन्त्री कार्की
तपाईं के खोज्दै हुनुहुन्छ ?

केटाकेटी बिरामी परिरहनेभएपछि थाकथलो छाडे उर्मिला हायूको परिवारले : प्रहरी



अ+ अ-

गण्डकी : सिन्धुलीको गोलन्जोर गाउँपालिका–६ छेत्पाबाट थाकथलो छाडेर सोमबार बेलुका पोखरामा भेटिएका उर्मिला हायूको परिवारका सदस्यबारे प्रहरीले अनुसन्धान सुरु गरेको छ ।

उर्मिला सहित उहाँका परिवारका १६ पोखरा महानगरपालिका–३० गगनगौडामा भेटिएका थिए । उनीहरू गगनगौडास्थित सोमनाथ पौडेल र चन्द्र भण्डारीको घरमा कोठा भाडामा लिएर बसेका अवस्थामा प्रहरीले फेलापारेको सिसुवा इलाका प्रहरी कार्यालयका प्रमुख श्रवण विकले जानकारी दिनुुभयो ।

“हिजो आफन्त र जनप्रतिनिधिको रोहबरमा उहाँहरू जहाँ बसेको हो त्यही रहनुुभएको छ, सामान्य सोधपुछ गरेर राखिएको छ”, उहाँले भन्नुुभयो, “उहाँहरू त्यहाँ कोठा खोजेर बस्नुुभएको रहेछ ।”

घरमा बिरामी परिराख्ने, केटाकेटी बिरामी हुने र धामीले पनि नबस्न भनेको जनाउँदै उहाँहरूले प्रारम्भिक जानकारी दिएका प्रहरी प्रमुख विकले जानकारी दिनुुभयो । उहाँहरूकाबारेमा थप अनुसन्धान सुरु गरिएको प्रहरीले जनाएको छ ।रासस