१४ असार २०८३, आईतवार
,
Latest
सम्पत्ति शुद्धीकरण निवारण विधेयक स्वीकृत अहिलेको सरकारको प्रमुख प्राथमिकता नै विकास निर्माण होः कानूनमन्त्री गौतम सार्वजनिक खरिद (दोस्रो संशोधन) विधेयक स्वीकृत वामपन्थी र देशभक्त शक्तिहरूबीचको एकतामा ढिलाइ गरे ‘भयानक दुर्घटना’ हुनेछः संयोजक दाहाल त्रिवि शिक्षण अस्पतालमा स्वास्थ्य बिमा कार्यक्रम पुनःसञ्चालन हामीले मदन भण्डारीको हत्याबारे यथार्थ उजागर गर्न सक्नुपर्दछः माधवकुमार नेपाल वामपन्थी र देशभक्तहरू तत्काल एक हुनुपर्छ, ढिला गर्नु गल्ती हुन्छः संयोजक दाहाल मुलुकको राष्ट्रिय हितको विषयमा वर्तमान सरकारको रवैया शंकास्पद छः माधवकुमार नेपाल झलनाथ खनालको प्रश्न: महाकाली सन्धीले हामीलाई के दियो ? कोशी प्रदेशमा ४४ वटा एफएम रेडियो बन्द
तपाईं के खोज्दै हुनुहुन्छ ?

भाजपा नेता स्वामीले भने– हाम्रा कर्मचारीले नेपाली समकक्षीसँग राम्रो भाषा प्रयोग गरून्



अ+ अ-

भारतीय जनता पार्टी (भाजपा)का वरिष्ठ नेता डा सुब्रमण्यम स्वामीले भारतीय कूटनीतिज्ञले नेपाली समकक्षीहरूसँग राम्रो भाषा प्रयोग नगरेको भन्दै प्रधानमन्त्री नरेन्द्र मोदीको ध्यानाकर्षण गराएका छन् । मोदीका निकटवर्ती मानिएका स्वामीले शुक्रबार ट्विट गर्दै नेपाली समकक्षीहरूसँग विनम्र भाषा प्रयोग गर्न मोदीले भारतीय विदेश मन्त्रालयका कूटनीतिज्ञहरूलाई निर्देशन दिनुपर्ने उल्लेख गरेका हुन् ।

स्वामीले भनेका छन्, ‘नेपाली हाम्रो रक्त–सम्बन्धको भाइ हो । नेपालीहरूले यदि आफूलाई अलिकति विमुख भएको महसुस गर्छन् भने हामीले यसलाई महसुस गर्दै उनीहरूलाई शान्त पार्नुपर्छ ।’

नेपाल–भारत सम्बन्ध बिग्रिँदा पाकिस्तानको खुफिया एजेन्सी आइएसआईले उत्सव मनाउने जिकिर गर्दै स्वामीले नेपाल–भारत सीमा भएर ९० प्रतिशत भारतविरोधी जालसाजी गतिविधि हुने गरेको पनि आरोप लगाएका छन् ।

बिहीबार भारतीय विदेश मन्त्रालयका प्रवक्ता अनुराग श्रीवास्तवले भारतले सिमानाका विषयमा नेपालले होसियारी साथ विचार गरिरहेको जानकारी पाएको भन्दै पारस्परिक सम्मान र संवेदनशीलताका आधारमा वार्ता गर्नुपर्ने बताएका थिए ।

बिहीबार दिल्लीमा आयोजित नियमित पत्रकार सम्मेलनमा श्रीवास्तवले भनेका थिए, ‘सीमाका सम्बन्धमा नेपालमा भइरहेका घटनाक्रमलाई हामीले अनुगमन गरिरहेका छौँ । हामीले यो पनि नोट गरेका छौँ कि नेपालले यो मामिलामा होसियारीका साथ विचार गरिरहेको छ ।’ भारत आपसी भरोसा र विश्वासको वातावरणमा पारस्परिक संवेदनशीलता र सम्मानको आधारमा संवाद गर्न खुला रहेको उनको भनाइ थियो ।

केही दिनअघि भारतका लागि नेपाली राजदूत नीलाम्बर आचार्यले भारतीय विदेश मन्त्रालयको नेपाल डेस्क हेर्ने सहसचिव पियूष श्रीवास्तवसँग भेटेर वार्ताका लागि परिस्थिति बनाउनुपर्ने धारणा राखेपछि भारतको नरम प्रतिक्रिया आएको जानकार स्रोतहरूको भनाइ छ ।

भारतले २६ वैशाखमा पिथौरागढबाट नेपालको कालापानी हुँदै लिपुभञ्ज्याङ जोड्ने ८० किलोमिटर सडकमार्ग उद्घाटन गरेपछि नेपालले परराष्ट्र मन्त्रालयमार्फत २७ वैशाखमा लिम्पियाधुरा, लिपुलेक र कालापानी नेपाली भूभाग भएको भन्दै एकतर्फी सडक निर्माण अमान्य हुने स्पष्ट पारेको थियो । त्यही दिन प्रधानमन्त्री केपी शर्मा ओली र नेकपा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले संयुक्त वक्तव्यमार्फत सडक निर्माण मान्य नहुने बताएका थिए ।

भारतीय विदेश मन्त्रालयले भने २७ वैशाखमा जारी विज्ञप्तिमा भारतीय भूभागमा सडक निर्माण गरेको जिकिर गर्दै लकडाउन सकिएपछि परराष्ट्रसचिवस्तरीय वार्तामा बस्न भारत तयार भएको उल्लेख गरेको थियो ।

परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले २९ वैशाखमा भारतीय राजदूत विनयमोहन क्वात्रालाई बोलाएर नेपालका तर्फबाट कूटनीतिक नोट ९विरोधपत्र० हस्तान्तरण गरे भने राजदूत क्वात्राले मन्त्री ज्ञवालीलाई भारतीय विदेश मन्त्रालयको विज्ञप्ति हस्तान्तरण गरेका थिए । त्यसपछि भारतीय स्थलसेनाध्यक्ष मणिमुकुन्द नरवणेले नेपालका प्रतिक्रियाप्रति रोष व्यक्त गर्दै कसैको उक्साहटमा नेपाल बोलेको आरोप लगाएका थिए ।

नेपाल सरकारले ४ जेठमा लिम्पियाधुरासम्मको जमिन समेटेर नयाँ नक्सा जारी गर्ने निर्णय गरेको थियो । यही निर्णयअनुसार बुधबार भूमि व्यवस्थामन्त्री पद्माकुमारी अर्यालले नेपालको नयाँ नक्सा सार्वजनिक गरेकी थिइन् । (नयाँपत्रिका दैनिकबाट)