१७ श्रावण २०८३, आईतवार
,
Latest
अमेरिका र इजरायलले इरानमा आक्रमण रोक्ने सहमति: ट्रम्प इन्डोनेसियामा डुङ्गामा आगालागी हुँदा पाँच जनाको मृत्यु, ४१ व्यक्ति बेपत्ता प्रदेशका ९१ स्थान दुर्घटनाका हिसाबले जोखिमयुक्त गोलबजार क्षेत्रमा जारी कफ्र्यु हटाइने ‘कल बाइसपास’मा संलग्न चार जना पक्राउ झापामा मानव-हात्ती द्वन्द्वः १६ वर्षमा ८० जनाको ज्यान गयो कराकोरम हिमपहिरोमा ज्यान गुमाएका नेपाली पर्वतारोहीप्रति एनआरएनए पोर्चुगलको श्रद्धाञ्जली स्रोत नखुलेको भारतीय रकमसहित दुई जना नियन्त्रणमा पत्रकार महासङ्घको ग्लोबल मिडिया सम्मेलनः टोकियो घोषणापत्र जारी पशुपतिनाथ महा–महोत्सव २०८३: दैनिक धार्मिक कार्यक्रमले बढायो आध्यात्मिक माहोल
तपाईं के खोज्दै हुनुहुन्छ ?

‘आइएईए’ टोली दुई साताभित्र इरानको भ्रमणमा



अ+ अ-

तेहरान। इरानका परराष्ट्र मन्त्रालयका प्रवक्ता इस्माईल बाघाईका अनुसार,आणविक ऊर्जा संस्था (आइएईए) को टोली आउँदो दुई साताभित्र इरानको भ्रमणमा आउने कार्यक्रम तय गरिएको छ ।

शबाघाईका अनुसार, यस भ्रमणको क्रममा इरानले आइएईएसँग भविष्यमा गर्ने सहकार्यसम्बन्धी मार्गदर्शन दस्तावेज पनि प्रस्तुत गर्नेछ । उक्त दस्तावेज हालसालै इरानी संसदले पारित गरेको एक कानुनी प्रस्तावमा आधारित हुनेछ, जसमा आइएईएसँगको सहकार्यमा केही सीमा तोकिएको छ ।

गत जुन २५ सन् २०२५ मा इरानको संसदले एउटा नयाँ कानुन पारित गरेको थियो, जसअनुसार अन्तर्राष्ट्रिय आणविक ऊर्जा संस्थासँगको सहकार्य केही हदसम्म स्थगित गर्नुपर्ने प्रावधान गरिएको थियो । त्यसपछि, इरानका परराष्ट्र मन्त्रालयका एक उच्च अधिकारीले गत बुधबार जानकारी दिँदै, इरानले आइएईएको प्राविधिक टोलीलाई स्वागत गर्न सहमति जनाएको स्पष्ट पार्नुभएको थियो ।

यो भ्रमण इरान र अन्तर्राष्ट्रिय समुदायबीच विश्वासको वातावरण निर्माण गर्न, पारदर्शिता कायम राख्न तथा आणविक कार्यक्रमसम्बन्धी प्राविधिक छलफललाई अघि बढाउन महत्त्वपूर्ण हुने विश्वास गरिएको छ । (रासस/सिन्ह्वा)