काठमाडौँ । सर्वोच्च अदालतको मुख्य रजिष्ट्रारमा विमल पौडेल नियुक्त भएका छन् ।
सोमबार बिहान बसेको न्याय सेवा आयोगको बैठकले सर्वोच्च अदालतका रजिष्ट्रार पौडेललाई मुख्य रजिष्ट्रार नियुक्त गरेको हो ।
५८ वर्षे उमेरहदका कारण देवेन्द्रराज ढकाल गत आइतबारदेखि अवकाशमा गएपछि मुख्य रजिष्ट्रार पद रिक्त थियो । यस्तै, बैठकले सह रजिष्ट्रार मानवहादुर कार्कीलाई रजिष्ट्रार पदमा सिफारिस गरेको छ ।
२०७४ साल असारदेखि सर्वोच्च अदालतमा मुख्यसचिव सरह मुख्य रजिष्ट्रार राख्दै आइएको छ ।










