१ भाद्र २०८३, सोमबार
,
Latest
राष्ट्रिय सभाको शुन्य समयः रास्वपा सांसद सुनारलाई कारबाही गर्न माग बाढी पहिरोको जोखिम कम गर्न सांसदहरूले गराए सरकारको ध्यानाकर्षण प्रशारण लाइनको अभावमा ऊर्जा खेर जाने अवस्थाको अन्त्य हुनुपर्दछः सचिव दवाडी बंगलादेशका फोटो पत्रकारलाई पोखरा महानगरका मेयर आचार्यद्वारा स्वागत तथा बिदाइ रास्वपाको दोस्रो केन्द्रीय समिति बैठक भदौ ५ मा, पदाधिकारी मनोनयन गरिने संसदमा उपस्थित भएर सांसदहरूको प्रश्नको जवाफ दिन प्रधानमन्त्रीलाई सभामुखको निर्देशन स्याङ्जामा झाडी फाँडेर व्यावसायिक अकबरे खुर्सानी खेती बर्दियामा बुवाको कुटपिट गरी हत्या गरेको आरोपमा १९ वर्षीय छोरा पक्राउ किशोर श्रेष्ठलाई थप ४ दिन थुनामा राख्न अदालतको अनुमति कवि दुर्गालाल श्रेष्ठको निधन
तपाईं के खोज्दै हुनुहुन्छ ?

ज्ञानेन्द्र शाही र कुलमान घिसिङलाई अमेरिकामा ‘ग्लोबल हिरो अवार्ड’



अ+ अ-

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीका सांसद ज्ञानबहादुर शाही र नेपाल विद्युत् प्राधिकरणका पूर्वकार्यकारी निर्देशक कुलमान घिसिङलाई ‘ग्लोलबल हिरो अवार्ड’ प्रदान गरिएको छ ।

अमेरिकाको न्यूयोर्कमा ‘हामी ग्लोबल नेपाली’ले गरेको कार्यक्रममा शाही र घिसिङलाई अवार्ड प्रदान गरिएको हो ।   ज्ञानेन्द्र शाही र कुलमान घिसिङको राष्ट्र निर्माण र जनसेवामा पुर्‍याएको योगदानको कदर स्वरूप यो अवार्ड प्रदान गरिएको हो ।

अवार्ड प्राप्त गरेपछि सांसद शाहीले ग्लोबल हिरो अवार्ड कर्णाली र जुम्ली जनताको भरोसाका साथै सम्पूर्ण देश बिदेशमा रहेका नेपालीहरुको विश्वासको श्रेष्ठता भएको बताएका छन् । उनले यो अवार्डको श्रेय पनि सबै नेपालीलाई दिएका छन् ।

सांसद शाहीले यो अवार्डले नि:सन्देह समाजमा राम्रो काम गर्ने प्रेरणा दिन्छ र एकताको भावनालाई बलियो बनाउने विश्वास व्यक्त गरेका छन् ।

उनले आयोजक समितिले कार्यक्रमलाई सफल बनाउनका लागि गरेको अथक प्रयास, लगनशीलता र समर्पण साँच्चै प्रशंसनीय भएको बताएका छन् ।

कार्यक्रमको व्यवस्थापन, प्रस्तुति र समग्र वातावरण अत्यन्तै उत्कृष्ट भएको उनको भनाइ छ ।