२० मंसिर २०८२, शनिबार
,
Latest
‘कामरेड जलजला उपन्यासको विवेचना’ पुस्तक विमोचन ललितपुर महानगरको प्रशासनिक भवन उद्घाटन यात्रुबाहक बस दुर्घटना हुँदा २४ जना घाइते जेनजीले पुराना पार्टीलाई आत्मसमीक्षा गर्ने अवसर दिएका छन्ः प्रचण्ड नेपाललाई ‘ल्याण्ड अफ केबलकार’ बनाउन सकिन्छ  अनुपम प्रकृति र संस्कृतिको संरक्षण र प्रवद्र्धन गरिनुपर्छः सञ्चारमन्त्री खरेल कमला पुल निर्माणका लागि चन्दा सङ्कलन अभियान सुरु नास्टद्वारा १३ विधामा २० जना वैज्ञानिक, प्राविधिज्ञ एवं संस्थाहरु पुरस्कृत महिला भलिबलः एपिएफ फाइनल प्रदेश प्रधानमन्त्री कार्कीद्वारा बर्दिया घटनाबारे अध्ययन गर्न गृहमन्त्रीलाई निर्देशन
तपाईं के खोज्दै हुनुहुन्छ ?

ज्ञानेन्द्र शाही र कुलमान घिसिङलाई अमेरिकामा ‘ग्लोबल हिरो अवार्ड’



अ+ अ-

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीका सांसद ज्ञानबहादुर शाही र नेपाल विद्युत् प्राधिकरणका पूर्वकार्यकारी निर्देशक कुलमान घिसिङलाई ‘ग्लोलबल हिरो अवार्ड’ प्रदान गरिएको छ ।

अमेरिकाको न्यूयोर्कमा ‘हामी ग्लोबल नेपाली’ले गरेको कार्यक्रममा शाही र घिसिङलाई अवार्ड प्रदान गरिएको हो ।   ज्ञानेन्द्र शाही र कुलमान घिसिङको राष्ट्र निर्माण र जनसेवामा पुर्‍याएको योगदानको कदर स्वरूप यो अवार्ड प्रदान गरिएको हो ।

अवार्ड प्राप्त गरेपछि सांसद शाहीले ग्लोबल हिरो अवार्ड कर्णाली र जुम्ली जनताको भरोसाका साथै सम्पूर्ण देश बिदेशमा रहेका नेपालीहरुको विश्वासको श्रेष्ठता भएको बताएका छन् । उनले यो अवार्डको श्रेय पनि सबै नेपालीलाई दिएका छन् ।

सांसद शाहीले यो अवार्डले नि:सन्देह समाजमा राम्रो काम गर्ने प्रेरणा दिन्छ र एकताको भावनालाई बलियो बनाउने विश्वास व्यक्त गरेका छन् ।

उनले आयोजक समितिले कार्यक्रमलाई सफल बनाउनका लागि गरेको अथक प्रयास, लगनशीलता र समर्पण साँच्चै प्रशंसनीय भएको बताएका छन् ।

कार्यक्रमको व्यवस्थापन, प्रस्तुति र समग्र वातावरण अत्यन्तै उत्कृष्ट भएको उनको भनाइ छ ।