२१ जेष्ठ २०८३, बिहीबार
,
Latest
स्वास्थ्यमन्त्री मेहताद्वारा खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागको अनुगमन रोल्पामा भएको जीप दुर्घटनामा तीन जनाको मृत्यु संविधान संशोधन कार्यदलद्वारा पूर्वराष्ट्रपतिद्वय डा. यादव र भण्डारीसँग सुझाव संकलन एक लाख क्युफिट काठ निकाल्दै वन कार्यालय ‘लुपर’ किराको प्रकोपले झापाको चिया क्षेत्र सङ्कटमा, उत्पादनदेखि निर्यातसम्म असर पर्ने चिन्ता लेबनानमा युद्धपूर्वको अवस्था सुनिश्चित हुनुपर्छः इरान सुधन गुरुङमाथि छानबिन समितिको प्रतिवेदन सोमबार बुझाउने तयारी सम्पती विवरण बुझाएर छानविन आयोगलाई सहयोग गर्छौंः काँग्रेस सभापति थापा उच्च शिक्षाको गुणस्तर अभिवृद्धिका लागि मन्त्रालय प्रतिबद्ध छः शिक्षामन्त्री पोखरेल अतिसङ्कटापन्न सूचीमा पर्ने ‘ब्लाक सफ्टसेल’ कछुवा लोप हुने अवस्थामा
तपाईं के खोज्दै हुनुहुन्छ ?

आज बिहान ११ बजे संविधान संशोधन विधेयक पेश हुदै



फाईल फोटो
अ+ अ-

काठमाडौं । सरकारले लिम्पियाधुरा, कालापानी र लिपुलेक क्षेत्रलाई समेटेको नयाँ नक्साअनुसार निशान छाप परिर्वतन गर्ने संविधान संशोधन विधेयक संसदमा पेश गर्दैछ । आइतवार विहान ११ बजेसम्म संसद बैठकमा कानुन, न्याय तथा संसदीय मामिला मन्त्री डा। शिवमाया तुम्बाहाङफेले प्रस्तुत गर्ने कार्यसूचि बनेको छ । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसको केन्द्रीय समितिको बैठकले संशोधनका पक्षमा मतदान गर्ने जनाएपछि सरकारले विधेयक अगाडी बढाउने भएको हो । संसद सचिवालयले शनिवार जारी गरेको सम्भावित कार्यसूचिमा संशोधन विधेयक समावेश गरिएको छ । बजेट अघि कानुनमन्त्रीले ‘नेपालको संविधान (दोस्रो संशोधन) विधेयक, २०७७’ लाई प्रस्तुत गर्न अनुमति माग्ने प्रस्ताव पेश गर्नुहुने उल्लेख छ । यसैगरी सोही विधेयक प्रस्ताव पेश गर्ने पनि कार्यसूचिमा उल्लेख छ ।

सरकारले तत्कालै सो विधेयक अगाडी बढाउने चाहेपनि कांग्रेस सभापति शेबरहादुर देउवाले केन्द्रीय समितिको बैठकसम्म पर्खिन आग्रह गरेपछि यसअघि जेठ १४ गते संशोधन विधेयक पेश गर्ने कार्यसूचिबाट हटाइएको थियो । सरकारले जेठ ५ गते नेपालको नयाँ नक्सा ल्याउने निर्णय गरेको थियो । भूमिव्यवस्था, सहकारी तथा गरीबी निवारण मन्त्रालयले लिम्पियाधुरासहित गुञ्जी, नाभी, कुटीलगायत केही भूभाग समेटिएको नेपालको नक्शा (राजनीतिक तथा प्रशासनिक) जेठ ७ गते सार्वजनिक गरिसकेको छ । सो नक्सा अहिले संघीय संसदको लोगोमा समेत प्रयोग भईसकेको छ ।

सोही अनुरुप निशान छापभित्र रहेको नेपालको नक्सा सीमा अनुरुप मिलाउने तयारी स्वरुपम सरकारले संविधान संशोधनको प्रस्ताव जेठ ९ गते संसद्मा दर्ता गरेको छ । संविधान संशोधन प्रस्ताव संविधानको अनुसूची ३ मा रहेको निशान छापभित्रको नक्सा परिवर्तनका निम्ति मात्र संसदमा दर्ता भएको हो । संसदमा सविधान संशोधन गर्न नेकपाको मात्र दुई तिहाई नपुग्ने भएकाले कांग्रेस वा मधेशवादी दलको सहयोग आवश्यक पर्नेछ । सौर्य दैनिक