काठमाडौं । काठमाडौंको सुन्दरीजलमा खोलाको बीच भागमा फसेका पाँच जनाको नेपाली सेनाले उद्धार गरेका छन् ।
गोकर्णेश्वर नगरपालिका वडा नं. १ सुन्दरीजलस्थित सुन्दरीमाई मन्दिर नजिक चार भारतीय र एक नेपाली खोलामा नुहाउने क्रममा फसेका थिए ।
उनीहरु नुहाउन थालेपछि खोलाको बहाव बढ्न जाँदा बीचमा फसेका थिए ।
नेपाली सेनाको चन्दननाथ गणबाट खटिएको उद्धार टोलीले अन्य सुरक्षा निकाय र स्थानीयको सहयोगमा सकुशल उद्धार गरेको हो ।











