२१ आश्विन २०८३, बुधबार Wednesday, October 7, 2026
२१ आश्विन २०८३, बुधबार
ताजा खबर
News Polar बाढी प्रभावित क्षेत्रमा गैरसरकारी संस्थाका राहत कार्यक्रम News Polar कांग्रेस महाधिवेशनको चौथो दिन बन्द सत्र, प्रतिवेदन पारित गर्दै सभापति थापाले सम्बोधन गर्ने News Polar ‘सत्ता र शक्तिवालाहरूले कानुन मिच्दा कृष्णलाल अधिकारीहरू जन्मन्छन्, मकैको खेती सुरु हुन्छ’ News Polar मध्यपहाडी लोकमार्ग : कास्कीमा तीन मोटरेबल निर्माण News Polar सुडानको टाविलामा बढ्दो मानवीय संकटः एक महिनामा ६ हजारभन्दा बढी विस्थापित News Polar ‘जलवायु न्याय माग्ने नेपालको आधार नै कमजोर’ News Polar मधेस विश्वविद्यालयद्वारा तीनवटा शैक्षिक कार्यक्रम विस्तार News Polar हुम्लामा हिमपातले जनजीवन प्रभावित News Polar एनपिएलको तयारी अन्तिम चरणमा News Polar भालुको पित्त र हात्तीको दाह्रासहित तीन पक्राउ News Polar कांग्रेस १५औँ महाधिवेशनः विभिन्न पदका उम्मेदवारको प्रारम्भिक नामावली सार्वजनिक News Polar कांग्रेस १५औँ महाधिवेशन : पदाधिकारीमा को–को भिड्दैछन् ? यस्तो छ पूरा सूची News Polar रेडक्रसले भोटेकोशी बाढीमा बेपत्ता र मृतकका परिवारलाई एक लाख नगद सहयोग गर्ने News Polar मालढुङ्गा पुल पश्चिम नेपालकै लाइफलाइन हो, जतिसक्यो चाँडै सञ्चालनमा ल्याउनुपर्छः ढकाल News Polar नारायणी नदीको बाढी : एक हजार १५० मिटर तटबन्धमा क्षति News Polar बाढीले बेनी–दरवाङ सडक कटान, दुखुबेँसीबस्ती जोखिममा News Polar पूर्वसूचनाले कञ्चनपुरका किसानलाई धान काट्न सहज News Polar जीप सफारीमार्फत पर्यटकीय गन्तव्य जोड्ने तयारी News Polar कोरला नाका जोड्ने सडकका विभिन्न खण्डमा मर्मत तीव्र News Polar ड्रागन फ्रुटखेतीले देखाएको बाजुराको सम्भावना

‘पार्टीको मुद्दा जनताको घरदैलोमा लिएर जान आवश्यक छ’

‘पार्टीको मुद्दा जनताको घरदैलोमा लिएर जान आवश्यक छ’
अ अ+ अ-

ललितपुर। जनता समाजवादी पार्टी (जसपा) नेपालका अध्यक्ष उपेन्द्र यादवले पार्टीको सिद्धान्त, नीति र जनहितका मुद्दा घरदैलोमा पुग्न पार्टीसम्बद्ध नेताहरूलाई निर्देशन दिनुभएको छ ।

आज पार्टीको केन्द्रीय कार्यालय, बालकुमारीमा आज सम्पन्न केन्द्रीय विभाग र जनवर्गीय सङ्गठन प्रमुखहरूको संयुक्त बैठकमा उहाँले हालको अन्यौलपूर्ण राजनीतिक परिस्थितिमा जनताको बीचमा पार्टीको सन्देश पु¥याउनु आवश्यक रहेको बताउनुभयो ।

अध्यक्ष यादवले जसपा नेपालले उठाउँदै आएको कतिपय मुद्दासम्बन्धी सन्देश अझै जनताबीच स्पष्ट रूपमा पुगाउन नसकिएको भन्दै यसमा गम्भीर भएर लाग्नुपर्ने बताउनुभयो ।

उहाँले पार्टी सङ्गठन सुदृढीकरण, प्रशिक्षण कार्यक्रम सञ्चालन, नेतृत्व विकास र चुनावी तयारीमा विशेष ध्यान दिनुपर्नेमा जोड दिनुभयो । “अब विश्राम वा चुप लाग्ने समय छैन ।

सम्पूर्ण शक्ति लगाएर आगामी निर्वाचनको तयारीमा जुट्नुपर्छ । निर्वाचनमा सफलता प्राप्त गर्न कार्यक्षमता विकास र जनसम्पर्क विस्तार अनिवार्य छ”, अध्यक्ष यादवको भनाइ थियो ।

बैठकमा प्रशिक्षण कार्यक्रम, नेतृत्व विकासका पहल, जनसम्पर्क सञ्जाल विस्तार तथा जनवर्गीय सङ्गठनको भूमिकालाई थप प्रभावकारी बनाउने विषयमा विस्तृत छलफल भएको जसपाले जनाएको छ । रासस