१९ मंसिर २०८२, शुक्रबार
,
Latest
सहरी क्षेत्रको माटोको गुणस्तर अभिवृद्धि गर्नु जरुरी छः मन्त्री परियार मुस्ताङ भन्सारमा चार अर्ब ४१ करोड बढी राजस्व सङ्कलन कारागारमा सुरक्षाकर्मीसँग चिनजान, घरमा गएर विभत्स हत्या हेटौँडाको मुख्य सडक विस्तारको सूचना कार्यान्वयन नगर्न सर्वाेच्च अदालतको अन्तरिम आदेश विदेशमा रहेका नेपालीको मताधिकार सुनिश्चित गर्न माग एक्साइड ब्याटमोबाइल सेवा ५०,००० ग्राहकसम्म पुर्‍याउँदै इतिहास रच्यो एनपीएलः जनकपुरलाई हराउँदै लुम्बिनी प्लेअफमा उपराष्ट्रपति यादवसँग सार्क महासचिवको शिष्टाचार भेट महाधिवेशन जनशक्तिको ऐक्यबद्धता प्रदर्शन गर्ने अवसर : अध्यक्ष ओली आयोगद्वारा निर्वाचनमा समावेशिता र सुशासन सुनिश्चित गर्न दललाई निर्देशन
तपाईं के खोज्दै हुनुहुन्छ ?

गत आ.व.मा २३ सय बढी प्रहरीको राजीनामा, १२ हजार २२ पुरस्कृत



अ+ अ-

काठमाडौँ । नेपाल प्रहरीमा गत आर्थिक वर्षमा २ हजार ३ सय ६९ जनाले राजीनामा दिएका छन् ।

आईतवार प्रहरी प्रधान कार्यालयमा आयोजित पत्रकार सम्मेलनका क्रममा यसबारे जानकारी गराइएको हो ।

प्रहरी प्रवक्ता प्रहरी नायव महानिरीक्षक विनोद घिमिरेले गत आर्थिक वर्ष २०८१—०८२ मा नयाँ नियुक्ति पदस्थापना २ हजार ७ सय १७ जना रहेको बताउनु भयो । त्यस्तै बढुवा र पदस्थापना ७ हजार ४ सय जना र सरुवा २१ हजार २ सय २४ रहेको बताउनु भयो । राजीनामा दिनेमध्ये सनियर प्रहरी अधिकृत ४०१ जना, अन्य दर्जाका १ हजार ९ सय ४९ जना रहनुभएको प्रवक्ता घिमिरेले बताउनु भयो ।

उहाँले भन्नुभयो, ‘यो आर्थिक वर्षमा नयाँ नियुक्ति पदस्थापना २ हजार ७ सय १७ जना, बढुवा र पदस्थापना ७ हजार ४ सय जना र सरुवा २१ हजार २ सय २४ रहेको छ । २ हजार ३ सय ६९ जनाले राजीनामा दिनुभएको छ । जसमध्ये सिनियर प्रहरी अधिकृत ४०१ जना, अन्य दर्जाका १ हजार ९ सय ४९ जना रहनुभएको छ । अनिवार्य अवकाशमा जानेहरु ५ सय २३ जना हुनुहुन्छ । १२ हजार २२ जना प्रहरी कर्मचारी पुरस्कृत हुनुभएको छ भने कारबाही २ हजार ७३ जनालाई गरेका छौँ ।’

प्रवक्ता घिमिरेले गत आर्थिक वर्षमा अनिवार्य अवकाशमा जानेहरु ५ सय २३ जना रहेको बताउनु भयो । उहाँकाअनुसार गत आ.व.मा १२ हजार २२ जना प्रहरी कर्मचारी पुरस्कृत भएका छन् भने २ हजार ७३ जनालाई कारबाही गरिएको छ ।