vसंस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्रिप्रसाद पाण्डेले एमाले—काँग्रेस सहकार्य राजनीतिक स्थिरताका लागि भएको बताउनुभएको छ ।
आईतवार बालुवाटारमा विपी कोईराला राष्ट्रिय पुरस्कार २०८१ बारे आयोजित कार्यक्रममा बोल्दै उहाँले यस्तो बताउनुभएको हो ।
उहाँले काँग्रेस र एमाले पार्टीको सहकार्य र प्रतिष्पर्धा काम गर्नका लागि नै भएको बताउनु भयो । अहिलेकै गठबन्धनलाई ०८४ सम्म लैजाने र ०८४ को निर्वाचनमा दुई वटा दल स्वस्थ प्रतिष्पर्धा गर्ने अठोटका साथ अहिलेको गठबन्धन अघि बढिरहेको बताउनु भयो । दुई पार्टीबीचको प्रतिष्पर्धा काँग्रेसबाट सरकारमा गएका वा एमालेबाट सरकारमा गएका कुन मन्त्रीले राम्रो गरे भन्ने रहेको बताउनु भयो ।
उहाँले भन्नुभयो, ‘म पार्टीको फोरममा र प्रधानमन्त्रीज्यु भएको फोरममा पनि भन्ने गर्दछु । दुई वटा पार्टी नेपाली काँग्रेस र नेकपा एमाले पार्टी सहकार्य र प्रतिष्पर्धा दुवै गर्नका निम्ति तत्परताका साथ एक ठाउँमा उभिएका छाँै । हामी सहकार्य ०८४ सम्म यही गठबन्धनलाई लिएर जानेकुराका लागि सहकार्य गर्दछौँ । ०८४ को निर्वाचनमा दुई वटा दल स्वस्थ प्रतिष्पर्धा गर्ने प्रयोजनका निम्ति हामीले यो अठोटका साथ अघि बढेका छौँ । ०८४ सम्म पुग्दा हाम्रो प्रतिष्पर्धा कसले बढी राम्रो ग¥यो भन्ने हो । काँग्रेसबाट गएका मन्त्रीहरुले राम्रो गरे की, एमालेबाट गरेका मन्त्रीहरुले राम्रो गरे भन्ने हो । काँग्रेसबाट बन्ने प्रधानमन्त्रीले राम्रो गर्नुहुन्छ की अहिले नेतृत्व गरिरहनुभएका प्रधानमन्त्रीले राम्रो गर्नुहुन्छ । ०८४ सम्मको सहकार्य राजनीतिक स्थिरताका लागि हो ।’
मन्त्री पाण्डेले साहित्यमा विपी कोईरालाको योगदान अविष्मरणीय रहेको बताउनु भयो ।









