२५ आश्विन २०८१, शुक्रबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

कागजमा मात्रै भूमि फिर्ता गरेर हुन्दैन कालापानी, लिपुलेकमा पूर्वाधार निर्माण गर्नुपर्छ : खाँड



अ+ अ-

काठमाडौं । नेपाली कांग्रेसका सांसद बालकृष्ण खाँडले कालापानी, लिपुलेक र क्षेत्रमा पूर्वाधार निर्माणका लागि बजेट विनियोजन गर्न माग गर्नुभयो । 

आगामी आर्थिक वर्षको बजेट राजश्व र व्ययको अनुमान माथिको छलफलमा उहाँले कागजमा मात्रै भूमि फिर्ता गरेर नहुने भन्दै यस्तो माग गर्नुभएको हो । सरकारले आफ्नो भूमि फिर्ता गर्ने निर्णय गरेर संविधान संशोधन विधेयक सदनमा पेश गरेको अवस्थामा पनि त्यो क्षेत्रका विकासका लागि बजेटको व्यवस्था नभएको प्रति उहाँले प्रश्न गर्नुभयो । 

नेपाली भूमि लिपुलेक, लिम्पियाधुरा र कालापानी नक्सामा मात्रै नभएर वास्तविकतामा पनि फिर्ता ल्याउन बजेट विनियोजन हुनुपर्ने भएपनि त्यसो हुन नसकेको बताउनुभयो । उहाँले भन्नुभयो, ‘‘नेपाली भूमि नेपालको नक्सामा हामीले सामेल गरेका छौँ । सरकारले संशोधन पनि ल्याएको छ । हामी त्यसको पक्षमा मतदान गछौँ । तर त्यो भूभाग कागजमा मात्रै ल्याउने हो ? व्यवहारिकतामा आउने होइन् । आउने हो भने सरकारले बाटो, पुल, विद्यालय, स्वास्थ्य चौकी, प्रहरी चौकी बनाउनुपर्यो । त्यसका लागि बजेट छ्टयाएर साँच्चै त्यो भूभाग नेपालको अधिनमा ल्याइन्छ भन्ने कमिटमेन्ट हुनुपर्छ । वास्वविक रुपमा नेपाली नै उपभोग गर्ने ढंगले यहि बजेटमै व्यवस्था गरियोस ।’’