१९ मंसिर २०८२, शुक्रबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

सामुदायिक विद्युत उपभोक्ता महासंघलाई ऊर्जामन्त्रीको आग्रहः ठूलो परियोजनामा लगानी गर्नुहोस्



अ+ अ-

काठमाडौँ । ऊर्जा, जलस्रोत तथा सिंचाइमन्त्री दीपक खड्काले सामुदायिक विद्युत उपभोक्ता महासंघलाई ठूलो आयोजनामा लगानी गर्न आग्रह गर्नुभएको छ ।

आईतवार सामुदायिक विद्युत उपभोक्ता महासंघको २१ औँ स्थापना दिवसका अवसरमा आयोजित कार्यक्रममा शुभकामना दिँदै मन्त्री खड्काले यस्तो आग्रह गर्नुभएको हो ।

करिव तीन सय संस्था आवद्ध नेपाल विद्युत उपभोक्ता महासंघले सबै संस्थाहरूबाट रकम एकीकृत गरी ठूलो परियोजना सञ्चालन गर्नसक्ने बताउनु भयो । उहाँले लगभग सतप्रतिशत विद्युत पुगेको भन्दै अबको आवश्यकता गुणस्तरीय सेवा भएको बताउनु भयो । २४ सै घण्टा विद्युत आपूर्ति गर्नुपर्ने दबाब र चाहना रहेको उल्लेख गर्दै हामीलाई आवश्यक पर्ने विद्युत आफैं उत्पादन गरेर खपत गर्ने र बढी भएको विद्युत् निर्यात गरेर मुलुकलाई समृद्ध बनाउने अभियानमा साथ दिन आग्रह गर्नुभयो । त्यसका लागि ठूलो आयोजनामा लगानी गर्न उहाँले सुझाव पनि दिनुभयो ।

उहाँले भन्नुभयो, ‘यदि साँच्चै हामी ऐक्यवद्धता जनाएर महासंघ बनाएका हौँ भने त्यो लक्ष्य भेट्टाउने गरी काम गर्नुपर्ने आवश्यकता छ । एउटा शक्ति पनि हो, झन्डै तीन सय हाराहारी संस्थाहरू आवद्ध छाँै भन्नुभाछ, त्यसलाई शक्तिमा परिणत गर्नुपर्छ । यो टे«डिसनल (परम्परागत) हिसावमा चलिरहनु हुँदैन । थुप्रै सामुदायिक उपभोक्ता साथीहरू के भन्नुहुन्छ भने हामी चल्न नसक्ने भयौँ, पहिले ९०ः१० हुँदा हुँदै अहिले ८०ः२० को हाराहारीमा लगानी छ क्यारे । रोजगारीको सिर्जना पनि भएकै छ । उपभोक्ताले सुविधा पनि पाएकै छ । तर, अहिले आवश्यकता के हो ? गुणस्तरीय सेवाको आवश्यता हो ।’

‘हामीलाई पनि दबाब छ, चुनौती छ, चाहना पनि छ सरकारको । २४ सै घण्टा विद्युत आपूर्ती गर्न सक्ने । हामीलाई आवश्यक पर्ने विद्युत् हामी आफूैं उत्पादन गरेर खपत् गर्ने र बढी भएको विद्युत् निर्यात गरेर मुलुकलाई समृद्ध बनाउने । आजको आवश्यकतामा नयाँ खोजी के त ? यत्रो ठूलो समूदायको शक्ति नै भइसकेको हुँदा नयाँ खोजीतिर लाग्ने । विनको सम्भावना के छ ? त्यसको अध्यन गर्ने, काम सुरु गर्ने । अर्थात् कुनै ठूलो आयोजना नै हामी मिलेर सञ्चालन गर्नसक्छौँ र लगानीको विषय पनि बन्छ । यति धेरै संस्थाहरू आवद्ध भइसकेपछि यसो किन नगर्ने ? पुरानै कुरामा किन अल्झिएर बस्नुपर्छ र ?’

मन्त्री खड्काले देशको आवश्यकताअनुसार महासंघले आफूलाई बदल्नुपर्ने र नयाँ खोजी गर्नुपर्नेमा जोड दिनुभयो । पुरानै कुरामा अल्झिएर नबस्न पनि महासंघसँग उहाँको आग्रह थियो । सबै मिलेर लगानी गर्न सके ठूलो परियोजना सञ्चालन हुने र सरकारको समृद्धिको चाहनामा मद्दत पुग्ने मन्त्री खड्काले बताउनु भयो ।