८ पुष २०८२, मंगलवार
,
Latest
जेनजी आन्दोलनको मर्मअनुसार सबै निर्वाचनमा सहभागी होऔँ: संरक्षक चौधरी यात्रुलाई अमर्यादित व्यवहार गर्ने ट्याक्सी र चालकलाई विमानस्थलमा प्रवेशमा रोक कोलम्बियामा अपहरण गरिएका १८ सैनिक रिहा गृहमन्त्री अर्यालद्वारा भेरी बबई डाइभर्सन बहुउद्देश्यीय आयोजनाको निरीक्षण आगलागीमा करिब तीन लाख क्षति, एक महिला घाइते वन तथा सडक क्षेत्र अतिक्रमण गरी बनाइएका घरटहरा भत्काइयो प्रदेश राजधानी सुन्दर र सुरक्षित बनाउन उद्योग वाणिज्य सङ्घको आग्रह श्रीकृष्ण माविलाई चौथो पटक राष्ट्रपति रनिङ शिल्ड सुनचाँदी पसले नै सुन चोरीमा संलग्न भएपछि… मुख्यमन्त्री कार्कीद्वारा म्याङलुङ बसपार्क र मेयङलुङ कृषि शीतभण्डार उद्घाटन
तपाईं के खोज्दै हुनुहुन्छ ?

श्रीमतीको हत्या गर्ने श्रीमान् प्रहरी नियन्त्रणमा



अ+ अ-

कर्णाली । घरमा राखिएको काठको खुट्टा प्रहार गरी सुर्खेतमा श्रीमान्ले श्रीमतीको हत्या गरेका छन् ।

गए राति वीरेन्द्रनगर नगरपालिका–१३ सुर्खेत सुगरखोलास्थित ४२ वर्षीय दानसिंह ठाडामगरले ४१ वर्षीया श्रीमती रविनालाई सुतिरहेको अवस्थामा खाटको खुट्टा बनाउन राखेको काठ टाउको प्रहार गरी घटनास्थलमा हत्या गरेको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता एवं मोहनजङ्ग बुढथापाले जानकारी दिनुभयो ।

रबिनाको घटनास्थलमा नै मृत्यु भएको भनीे स्थानीयले अस्थायी प्रहरी बिट कहरेखोलामा खबर गरेपश्चात तत्काल प्रहरी त्यहाँ पुगेर हत्या गर्ने ठाडामगरलाई नियन्त्रणमा लिएको थियो ।

नियन्त्रणमा लिइएका ठाडामगरको थप अनुसन्धानको भइरहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।