२ पुष २०८२, बुधबार
,
Latest
उच्छृङ्खल गतिविधि गर्नेलाई कानुनबमोजिम कारबाही हुन्छः राष्ट्र बैंक राजनीतिक दल र उम्मेदवारले १० वटा मात्रै झण्डा प्रयोग गर्न सक्ने बाघ संरक्षणमा नेपालले प्राप्त गरेको उपलब्धि उदाहरणीय छः मन्त्री चौलागाईं सरकार र नागरिक बचाउ महाअभियानबीचको वार्ता सकारात्मक पुस दोस्रो साता राष्ट्रियसभाको बैठक बस्छः अध्यक्ष दाहाल युक्रेनमा क्षतिपूर्तिको निर्णयका लागि नयाँ समिति गठन बुधवारदेखि कार्यक्रम ‘कठघरा’ प्रसारण हुने: प्रश्न, जवाफ र उत्तरदायित्वको मञ्चको रुपमा विकास गरिने नेपालले चिकित्सकीय क्षमतालाई प्रदर्शन गरी महत्वपूर्ण भूमिका निर्वाह गर्न सक्छः प्रधानमन्त्री अफगानिस्तानमा जबर्जस्ती निर्वासन रोक्न आममाफीको आग्रह नेपालगन्जमा शेयर साक्षरता कार्यक्रम
तपाईं के खोज्दै हुनुहुन्छ ?

रसुवागढी नाकामा चीनले आजदेखि बेलिब्रिज निर्माण सुरु गर्ने



अ+ अ-

काठमाडौं । गत असार २४ गते ल्हेन्दे खोलामा आएको बाढीले बढाएको रसुवागढीस्थित नेपाल–चीन सीमामा रहेको पुल बगाएपछि आजदेखि त्यही ठाउँमा बेलिब्रिज निर्माण सुरु गरिने भएको छ । चीनले रसुवागढी नाकामा बेलिब्रिज निर्माण सुरु गर्न लागेको हो ।

नेपाल सरकार र चीनबीच भएको समझदारी अनुसार चिनियाँ पक्षले बेलिब्रिज निर्माण सुरु गर्न लागेको हो । यो पुल आगामी भदौ ३० गतेभित्र निर्माण सम्पन्न गर्ने लक्ष्य छ ।

सीमा नाकामा अवरुद्ध सडक सम्पर्क शीघ्र सुचारु गर्न अस्थायी रूपमा बेलिब्रिज निर्माणका लागि हिजो रसुवाका प्रमुख जिल्ला अधिकारी सहितको टोलीले निर्माणस्थलको अवलोकन गरेको थियो ।

त्यस्तै, शनिबार नै रसुवा र चीनका स्थानीय अधिकारी बीच निर्माणस्थलबाटै भर्चुअल बैठक सम्पन्न भएको छ ।

बैठकका क्रममा विपदको समयमा भएका उपद्वार, राहत एवम् विपदपश्चातको पुनर्निर्माण र पुनस्र्थापनाका विषयमा विस्तृत रूपमा द्विपक्षीय छलफल भएको जिल्ला प्रशासन कार्यालय रसुवाले जनाएको छ ।

प्रस्तावित बेलिब्रिजको यथाशीघ्र निर्माण सम्पन्न गर्नका लागि स्थानीय प्रशासनबाट उपयुक्त वातावरण निर्माणका गर्न आवश्यक समन्वय, सहकार्य र सहजीकरण गर्ने प्रतिबद्धता समेत व्यक्त भएको छ ।