२६ जेष्ठ २०८३, मंगलवार
,
Latest
११ बजे मन्त्रिपरिषद् बैठक बस्दै ट्रकमा मोटरसाइकल ठोक्किँदा एकको मृत्यु, एक घाइते नाम्खा गाउँपालिकालाई पूर्ण खोप सुनिश्चितता घोषणा हुथीद्वारा इजरायलमा क्षेप्यास्त्र प्रहार, लाल सागरमा इजरायली जहाज सञ्चालनमा पूर्ण प्रतिवन्धको घोषणा ओमानको खाडीमा इरानतर्फ जाँदै गरेको तेल ट्याङ्कर अमेरिकी सेनाद्वारा निष्क्रिय दक्षिणी गाजामा इजरायली हवाई आक्रमण, ५ प्यालेस्टिनीको मृत्यु, १० भन्दा बढी घाइते फिलिपिन्समा शक्तिशाली भूकम्पपछि जारी सुनामी चेतावनी इण्डोनेसियाले फिर्ता लियो इरानी पेट्रोकेमिकल उद्योगमाथि आक्रमणको बदलामा इजरायली शहर हाइफामा इरानद्वारा क्षेप्यास्त्र प्रहार यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य ‘बर्डफ्लु’ नियन्त्रणका लागि ‘द्रुत कार्य टोली’ परिचालन
तपाईं के खोज्दै हुनुहुन्छ ?

‘नेपाल—भारतबीच सुपुर्दगी सन्धी र कोशीमा उच्चबाँध बाधिँदैछ रे, सरकारको जवाफ चाहियो’



अ+ अ-

काठमाडौँ । नेकपा (एकीकृत समाजवादी) सम्मानित नेता झलनाथ खनालले नेपाल—भारतबीच सुपुर्दगी सन्धी हुन लागेको भन्दै सरकारको जवाफको माग गर्नुभएको छ ।

शनिवार काठमाडौंमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले यस्तो खुलासा गर्नुभएको हो । उहाँले नेपाली समाजमा नेपालको राष्ट्रियतामाथि झनझन खतरा बढिरहेको बताउनु भयो । उहाँले सुपुर्दगी सन्धी गरिरहँदा नेपालले भारत र चीनसँग सन्तुलन मिलाएर सुपुर्दगी सन्धी गर्न सकेन भने त्यसले नेपालको राष्ट्रियतामाथि अर्को हमला हुने जिकिर गर्नुभयो । यसबारे सबै देशभक्तहरु सचेत हुन जरुरी रहेको बताउनु भयो ।

कोशी उच्चबाँध बाँधिने कुरा आइरहेको भन्दै यसबारे पनि सरकारले नागरिकहरुलाई जानकारी गराउनुपर्ने बताउनु भयो । यो नेपालको राष्ट्रिय हितमा गरिँदैछ की छैन भन्नेकुरा स्पष्ट पार्न जरुरी रहेको बताउनु भयो । नेपालको राष्ट्रिय हितलाई ग्यारेन्टी गर्नेकुरालाई ध्यानमा राखेर मात्रै कुनैपनि ठूला उच्चबाँधहरु बाँधिनुपर्ने बताउनु भयो ।

सम्मानित नेता खनालले भन्नुभयो, ‘अहिले पनि नेपाली समाजमा नेपालको राष्ट्रियतामाथि झनझन झनझन खतरा बढेर गइरहेको छ । अहिले मैले के सुनिरहेको छु भन्दा सुपुर्दगी सन्धी नेपाल र भारतका बीचमा हुँदैछ । सुपुर्दगी सन्धी गरिरहँदा नेपालले भारत र चीनसँग सन्तुलन मिलाएर सुपुर्दगी सन्धी गर्न सकेन भने त्यसले नेपालको राष्ट्रियतामाथि अर्को हमला हुनेछ । यो कुरामा नेपालका सबै देशभक्तहरु सचेत हुन जरुरी छ । कोशी उच्चबाँधको कुरा आइरहेको छ । यो कुरा कसरी आउँदैछ भन्नेकुरा नेपाली जनताले पहिला थाहा पाउनुपर्छ । नेपालका सबै राजनीतिक दलहरुले पनि थाहा पाउनुपर्छ । नेपालको राष्ट्रिय हितमा गरिँदैछ की छैन ? हामीले कोही सम्झौता, शारदा सम्झौता, गण्डक सम्झौता ग¥यौँ, पछि टनकपुर सम्झौता ग¥यौँ, ति कुनैपनि नेपालको राष्ट्रिय हितमा भएनन् । यसो हुनाले नेपालको राष्ट्रिय हितलाई ग्यारेन्टी गर्नेकुरालाई ध्यानमा राखेर मात्रै कुनैपनि ठूला उच्चबाँधहरु बाँधिनुपर्छ ।’

सम्मानित नेता खनालले नागरिकता विधेयकमा कसैलाई नागरिकता दिनुप¥यो भने त्यो नागरिकको आमाको नाम भएपनि पुग्ने र बाबुको नाम नराखेपनि हुने भन्नेकुराको व्यवस्था गर्न लागिएको भन्दै आपत्ति जनाउनु भयो । यसको उद्देश्य उत्तरबाट लामो समयदेखि प्रवेश गरेर नेपालमा बसोवास गरिरहेका करिव ४० हजार मानिसलाई नागरिकता दिनु रहेको बताउनु भयो ।