२९ भाद्र २०८३, सोमबार
,
Latest
‘एआई’को प्रयोग गरी कर्मकाण्ड विधिको विकास गरे नेपाली सन्तले एआईबाट राष्ट्रिय सुरक्षामा जोखिम : चिनियाँ गुप्तचर सुरक्षामन्त्री रसुवाका १३ खानेपानी आयोजनामा २५ करोड बढीको क्षति बाढीपछिको पुनःस्थापनाका लागि स्रोतको कुनै कमी हुँदैनः प्रधानमन्त्री शाह बाढी प्रभावित क्षेत्रका सडक सञ्जाल असोजभित्रै सञ्चालन हुन्छ : मन्त्री लम्साल प्रधानमन्त्री राहत कोषमा रु १३ अर्ब ६८ करोड मौज्दात भारतले नेपाललाई दैनिक ६५४ मेगावाट विद्युत् दिने मन्त्री लम्सालसँग ट्रक व्यवसायीको भेट, बाढीबाट भएको क्षति र हराएका सवारीबारे गराए जानकारी इरानका परमाणुमामिला प्रमुखलाई भियना बैठकमा रोक तीज: प्रथम महिलाद्वारा पशुपतिनाथमा पूजा, आराधना एवं दर्शन
तपाईं के खोज्दै हुनुहुन्छ ?

भोलिबाट मौसम क्रमिक सुधार हुँदै जाने



अ+ अ-

काठमाडौँ । पश्चिमी वायुको प्रभावले केही दिन यतादेखि प्रभावित मौसम भोलिबाट क्रमिक सुधार हुँदै जाने भएको छ । पश्चिमी वायु र पूर्वी भूभाग नजिक बनेको निम्न चापीय रेखाले काठमाडौँ उपत्यकासहित देशका अधिकांश स्थानमा वर्षा भइरहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । 

ती मौसमी प्रणाली बाहिरिने क्रम शुरु भएकाले भोलिबाट मौसम सफा हुने मौसमविद्को भनाइ छ । हाल देशभर सामान्य बदली रही देशका प्रदेश नं ५, गण्डकी र वाग्मती प्रदेशका केही भू–भागमा वर्षा भइरहेको छ । दिउँसो देशको पूर्वी भूभागलगायत मध्य तथा पश्चिमी भूभागमा सामान्य बदली रही पश्चिमी पहाडी भूभागका केही स्थानमा मेघगर्जन र चट्याङसहित वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ । 

मङ्गलबार देशको पूर्वी भूभागलगायत मध्य तथा पश्चिमी पहाडी भूभागमा सामान्य बदली रही बाँकी भूभागमा मौसम सामान्यतया सफा रहने बताइएको छ । बुधबार देशको पहाडी भूभागमा सामान्य बदली रही बाँकी भूभागमा मौसम सामान्यतया सफा रहनेछ । महाशाखाको पछिल्लो विवरणअनुसार आज काठमाडौँ उपत्यकामा १३ दशमलव ८ मिलिमिटर वर्षा भएको छ ।