२६ जेष्ठ २०८३, मंगलवार
,
Latest
११ बजे मन्त्रिपरिषद् बैठक बस्दै ट्रकमा मोटरसाइकल ठोक्किँदा एकको मृत्यु, एक घाइते नाम्खा गाउँपालिकालाई पूर्ण खोप सुनिश्चितता घोषणा हुथीद्वारा इजरायलमा क्षेप्यास्त्र प्रहार, लाल सागरमा इजरायली जहाज सञ्चालनमा पूर्ण प्रतिवन्धको घोषणा ओमानको खाडीमा इरानतर्फ जाँदै गरेको तेल ट्याङ्कर अमेरिकी सेनाद्वारा निष्क्रिय दक्षिणी गाजामा इजरायली हवाई आक्रमण, ५ प्यालेस्टिनीको मृत्यु, १० भन्दा बढी घाइते फिलिपिन्समा शक्तिशाली भूकम्पपछि जारी सुनामी चेतावनी इण्डोनेसियाले फिर्ता लियो इरानी पेट्रोकेमिकल उद्योगमाथि आक्रमणको बदलामा इजरायली शहर हाइफामा इरानद्वारा क्षेप्यास्त्र प्रहार यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य ‘बर्डफ्लु’ नियन्त्रणका लागि ‘द्रुत कार्य टोली’ परिचालन
तपाईं के खोज्दै हुनुहुन्छ ?

साउनभित्रै ड्राइभिङ लाइसेन्स छापेर वितरण गर्छौंः मन्त्री महर्जन



अ+ अ-

हेटौँडा । वागमती प्रदेशका श्रम, रोजगार तथा यातायातमन्त्री प्रेमभक्त महर्जनले साउन महिनाभित्रै ड्राइभिङ लाइसेन्स छापेर सवारी चालकहरूलाई वितरण शुरु गरिने बताउनुभएको छ ।

शनिवार वागमती प्रदेशको श्रम, रोजगार तथा यातायात मन्त्रालय परिसरमा न्युज एजेन्सी नेपालसँग कुराकानी गर्दै मन्त्री महर्जनले हालै शुरु गरिएको ई–ड्राइभिङ लाइसेन्स (ईडीएल) प्रणालीले सकारात्मक प्रभाव पार्न थालेको बताउनुभएको हो ।

गत वैशाख १९ गते प्रधानमन्त्री केपी शर्मा ओलीद्वारा वागमती ईडीएल प्रणाली तथा अनलाइन बिलबुक सेवा ‘नागरिक एप’ मार्फत सार्वजनिक गरिएको थियो । उक्त सेवा शुरु भएको तीन महिनामा धेरै सेवाग्राहीले यसबाट लाभ लिइरहेको मन्त्री महर्जनको भनाइ छ ।

उहाँले नागरिकहरूले आफ्नो सवारी साधनसम्बन्धी विवरण अनलाइनमार्फत भरेर यातायात कार्यालयमा भेरिफिकेसन गराउन सक्ने र त्यसपछि पटक–पटक कार्यालय धाउनु नपर्ने व्यवस्था गरिएको जानकारी दिनुभयो ।

मन्त्री महर्जनल भन्नुभयोे, ‘साउनभित्रै हामीले लाइसेन्स प्रिन्ट गरेर वितरण शुरु गर्छौं यसबाट सेवाग्राहीहरूलाई सिधै फाइदा पुग्नेछ । जनताले पटक–पटक यातायात कार्यालय जानुपर्ने बाध्यता हटाउने र विचौलिया संस्कृतिको अन्त्य गर्ने हाम्रो मुख्य उद्देश्य हो ।’

वागमती प्रदेशबाट शुरु भएको यो डिजिटल सेवा अब क्रमशः अन्य प्रदेशहरूमा पनि विस्तार हुने मन्त्री महर्जनले जानकारी दिनुभयो । उहाँकाअनुसार सातैवटा प्रदेशले आगामी वैशाखदेखि आ—आफ्नै प्रदेशबाट लाइसेन्स छाप्ने तयारी गरिरहेका छन् । जसको शुरुवात वागमती प्रदेशले गर्न लागेको हो ।