२९ भाद्र २०८३, सोमबार
,
Latest
‘एआई’को प्रयोग गरी कर्मकाण्ड विधिको विकास गरे नेपाली सन्तले एआईबाट राष्ट्रिय सुरक्षामा जोखिम : चिनियाँ गुप्तचर सुरक्षामन्त्री रसुवाका १३ खानेपानी आयोजनामा २५ करोड बढीको क्षति बाढीपछिको पुनःस्थापनाका लागि स्रोतको कुनै कमी हुँदैनः प्रधानमन्त्री शाह बाढी प्रभावित क्षेत्रका सडक सञ्जाल असोजभित्रै सञ्चालन हुन्छ : मन्त्री लम्साल प्रधानमन्त्री राहत कोषमा रु १३ अर्ब ६८ करोड मौज्दात भारतले नेपाललाई दैनिक ६५४ मेगावाट विद्युत् दिने मन्त्री लम्सालसँग ट्रक व्यवसायीको भेट, बाढीबाट भएको क्षति र हराएका सवारीबारे गराए जानकारी इरानका परमाणुमामिला प्रमुखलाई भियना बैठकमा रोक तीज: प्रथम महिलाद्वारा पशुपतिनाथमा पूजा, आराधना एवं दर्शन
तपाईं के खोज्दै हुनुहुन्छ ?

रुकुमको घटना छानविन गर्न दलित सांसदकै नेतृत्वमा समिति गठन गर्नुपर्ने कांग्रेसको माग



अ+ अ-

काठमाडौं । नेपाली कांग्रेसले रुकुम पश्चिमको चौरजहारीको घटनाको छानविन गर्न दलित सांसदको नेतृत्वमा संसदीय छानविन समिति गठन गर्नुपर्ने माग गरेको छ।   

दुई साताअघि चौजहारीस्थित आफ्नी प्रेमीकाको घर पुगेका जाजरकोटका नवराज विक र उनका पाँच जना साथीहरु गाउँलेको आक्रमणबाट मृत्यु भएको र एक जना अझै बेपत्ता रहेको भन्दै कांग्रेसले दलित सांसदको नेतृत्वमा समिति बनाउनुपर्ने बताएको हो।

सोमबार प्रतिनिधिसभा बैठक सुरू हुनेबित्तिकै कांग्रेस सांसद सांसद मानबहादुर विश्वकर्माले उठेर बोलेका थिए। सांसद  विश्वकर्माले गृहमन्त्रालयले कर्मचारीको नेतृत्वमा बनाएको छानविन समितिले न्याय दिन नसक्ने बताए।

‘उक्त घटनाको छानविनका लागि दलित सांसदको नेतृत्वमा संसदीय समिति तत्काल गठन होस्,’ उनले भने, ‘गठन भएन भने योभन्दा कडा कदम चाल्न बाध्य नपारियोस्।’ गृहले सहसचिवको नेतृत्वमा पाँच सदस्यीय छानविन समिति गठन गरेको छ।