२१ जेष्ठ २०८३, बिहीबार
,
Latest
ग्लोबल आइएमई बैंकको अगुवाइमा १६६ मेगावाट सुपर तमोर जलविद्युत आयोजनाका लागि १९ अर्ब रुपैयाँ वित्तीय… सुनचाँदीको मूल्यमा सामान्य गिरावट, सुन तोलामा २०० र चाँदी ८५ रुपैयाँ घट्यो मुलुकमा प्रणालीगत सुधारका लागि समयसापेक्ष परिवर्तन र युवा नेतृत्वको आवश्यकतामा विज्ञहरूको जोड जातीय विभेद अन्त्यका लागि चेतना र समान व्यवहार आवश्यक छ : नेता आङदेम्बे रोल्पामा बोलेरो जिप दुर्घटना : ३ जनाको मृत्यु जातीय भेदभाव र छुवाछुत उन्मूलनका लागि संसद प्रतिवद्ध छः सभामुख अर्याल औषधि आपूर्ति सुधारमा मन्त्रालय–विभाग छलफल, विवरण उपलब्ध गराउन निर्देशन भन्सार छलीको आशङ्कामा सशस्त्र प्रहरीद्वारा ७७४ वटा गाडी नियन्त्रणमा सामाजिक चेतनाको अभावले जातीय भेदभाव विरुद्धका कानून कार्यान्वयनमा चुनौतीः महान्यायाधिवक्ता कँडेल नयाँ दिल्लीको एक होटलमा भीषण आगलागी, २१ जनाको मृत्यु
तपाईं के खोज्दै हुनुहुन्छ ?

वागमतीमा काँग्रेसको विद्रोहः चार मन्त्रीको राजीनामा, मुख्यमन्त्री लामाविरुद्ध अविश्वासको प्रस्ताव दर्ता



अ+ अ-

हेटौँडा । वागमती प्रदेश सरकार भित्र ठूलो राजनीतिक हलचल शुरु भएको छ । नेपाली काँग्रेसका चारजना मन्त्रीले एकैसाथ राजीनामा दिँदै आफ्नै पार्टीका मुख्यमन्त्री बहादुरसिंह लामाविरुद्ध विद्रोह शुरु गरेका छन् ।

राजीनामा दिनेमा संस्कृति तथा पर्यटन मन्त्री बिमल ठकुरी, सहकारी तथा गरिबी निवारण मन्त्री मधुकुमार श्रेष्ठ, युवा तथा खेलकुद मन्त्री मिनकृष्ण महर्जन र आन्तरिक मामिला तथा कानूनमन्त्री सुरजचन्द्र लामिछाने छन् । यी मन्त्रीहरूले आफ्नो राजीनामा ह्वाट्सएपमार्फत मुख्यमन्त्री लामालाई बुझाएका हुन् ।

यो कदम मुख्यमन्त्री लामालाई काँग्रेस संसदीय दलको नेताबाट हटाउने योजनाअन्तर्गत चालिएको हो । काँग्रेस संसदीय दलका ३७ मध्ये २१ सांसदले लामाविरुद्ध अविश्वासको प्रश्तावमा हस्ताक्षर गरेका छन् । बाँकी केही सांसद पनि नेतृत्व परिवर्तनको पक्षमा रहेको बताइए पनि, हालसम्म औपचारिक समर्थन सार्वजनिक भएको छैन ।

प्रदेश सभापति तथा वरिष्ठ नेता इन्द्रबहादुर बानियाँ नयाँ मुख्यमन्त्री बन्ने दौडमा अगाडि देखिएका छन् । देउवाले लामालाई स्पष्ट रूपमा राजीनामा दिन भनेपछि बानियाँ पक्ष थप सक्रिय भएको हो । तर लामा भने अझै पद नछोड्ने अडानमै छन् । यो सबैको जरो भने बजेट विवाद हो ।

आ.व. २०८२—८३ को बजेटमा काँग्रेसभित्रै गम्भीर असहमति चुलिँदा सत्ता संकटको रूप लिएको हो । १३ पुस २०७९ मा भएको संसदीय दलको चुनावमा लामा ५ मतले बानियाँलाई हराएर नेता बनेका थिए ।

अहिले त्यही बानियाँ नेतृत्व परिवर्तनको मुहान बन्न लागेका छन् । काँग्रेसभित्रको यो शक्ति संघर्षले बागमती प्रदेशमा सरकारको स्थायित्वमाथि गम्भीर प्रश्न उठाएको छ । अबको खेल लामाको राजीनामा वा विश्वासको मत गुम्ने प्रष्ट देखिन्छ ।