२२ जेष्ठ २०८३, शुक्रबार
,
Latest
ग्रीन हाइड्रोजन नेपालको हरित भविष्य निर्माण गर्ने महत्वपूर्ण अवसर हाेः मन्त्री श्रेष्ठ स्वास्थ्य मन्त्रालयद्वारा विभिन्न पदका आवेदनसम्बन्धी सूचना स्थगित परराष्ट्रमन्त्री खनाल नयाँ दिल्ली पुगे निर्वाचनसम्बन्धी विधेयक पारित भए निर्वाचन प्रणालीमा रहेका ९० प्रतिशत समस्या हल हुन्छः निर्वाचन आयोग काठमाडौं महानगरपालिकाद्वारा २ हजार ४२१ सडक मानवको उद्धार, ८८३ जनाको पारिवारिक पुनर्मिलन नगर अधिवेशनको विवादलाई लिएर रास्वपा धनुषाको जिल्ला कार्यालयमा तालाबन्दी नाडाले बजेटप्रति मिश्रित प्रतिक्रिया, कर नीतिले सवारी मूल्य बढ्ने चिन्ता ग्राहकले ल्याएको प्लास्टिकजन्य फोहोर रिसाइकल गरी उपयोगी सामग्री बनाइदिने ‘जेरो क्याफे’ मानव–वन्यजन्तु द्वन्द्व व्यवस्थापनबारे सुझाव माग्दै सरकारको सार्वजनिक आह्वान रासायनिक मलसम्बन्धी गुनासो सुन्न प्रदेश मन्त्रालयमा ‘फोकल पर्सन’ तोक्न संघीय सरकारको निर्देशन
तपाईं के खोज्दै हुनुहुन्छ ?

नेपालका कम्युनिष्टहरुले आफूलाई लोकतान्त्रिक सिद्धान्तमा ढालिसकेः देउवा



अ+ अ-

काठमाडौँ । नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले नेपालका कम्युनिष्टहरुले आफूलाई लोकतान्त्रिक सिद्धान्तमा ढालिसकेको बताउनुभएको छ ।

शुक्रवार काठमाडौंमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले यस्तो बताउनुभएको हो । उहाँले आज संविधान सबैका लागि स्वीकार्य भएको र संशोधन आवश्यकताअनुसार गर्नुपर्ने बताउनु भयो । राष्ट्रिय सभाको अध्यक्ष उपराष्ट्रपतिलाई राख्नुपर्ने कुराहरुका बारेमा छलफल भइरहेको बतउनु भयो । नाममा नेपाल कम्युनिष्ट पार्टी भएपनि तल व्यवहारतः सबै पार्टीहरुले डेमोक्रेटिक सोसलिस्ट पार्टीको रुमपा काम गरिरहेको बताउनु भयो ।

सभापति देउवाले भन्नुभयो, ‘आज संविधान सबैका लागि स्वीकार्य भएको छ । केही कुराहरु संविधान संशोधन गर्नुपर्छ भन्ने आवाज उठेका छन् । स्वभाविक कुरा हो । आवश्यकताअनुसार संविधानको संशोधन हुन्छ नै । कतिपय कुरामा अहिले राष्ट्रिय सभाको अध्यक्ष उपराष्ट्रपतिलाई राख्नुपर्छ भन्ने धारणा ओलीजीको छ । त्यो हाम्रो पनि कुरा हो । नाममा नेपाल कम्युनिष्ट पार्टी भएपनि तल व्यवहारतः सबै पार्टीहरु डेमोक्रेटिक सोसलिस्ट पार्टीको रुमपा काम गरिरहेका छन् । काममा डेमोक्रेटिक सोसलिस्ट भइसकेपछि आफ्नो पार्टीमा कतिपय कुरा ढाल्न गाह्रो होला उहाँहरुलाई तर विस्तारै विस्तारै ढालिसकेका छन् । कम्युनिष्ट सिद्धान्तबाट डेमोक्रेटिक सिद्धान्तमा ढालिसकेका छन् । त्यसैले नेपाल सानो देश भएपनि सबै पार्टीहरुको देश भएको छ । हामी अझै पनि ग्रासरुटमा बलियो भइसकेका छैनौँ । अहिलेको संविधान अत्यन्तै राम्रो छ । समावेशी छ । तर कुनै पार्टीको पनि बहुमत आउन गाह्रो छ । बहुमतका लागि कुनै न कुनै पार्टीसँग मिल्नुपर्नेछ । एक्लै हाँक्छु भनेर पनि नमिल्ने, लचिलोपन ल्याउनुपर्ने, कम्परमाइज गर्नुपर्ने आवश्यकता छ ।’

सभापति देउवाले काँग्रेस प्रजातान्त्रिक पार्टी भएपनि अझै तल्लो स्तरमा पुग्न नसकेको स्वीकार गर्नुभयो । उहाँले अहिलेको संविधान राम्रो भएपनि कोहीसँग नमिली र लचिलोपन नदेखाइ बहुमत ल्याउन गाह्रो रहेको बताउनु भयो ।