५ श्रावण २०८३, मंगलवार
,
Latest
हरेक कक्षाकोठामा सिर्जनशीलता: अङ्ग्रेजी भाषा शिक्षणको भविष्यबारे दक्षिण एसियाली क्षेत्रीय सम्मेलन हुँदै सरकार प्रतिशोधात्मक बन्दै गएको देउवाको आरोप, लोकतन्त्र र संविधान रक्षाका लागि एकजुट हुन आग्रह सिर्सिया नदी प्रदूषणमा सरकारको कडाइ, जगदम्बा र अशोक स्टिलसहित ११ उद्योगलाई १०–१० लाख जरिवाना कीर्तिपुरमा कारभित्र जलेर मृत्यु भएका व्यक्तिको पहिचान खुल्यो निजी शिक्षा–स्वास्थ्यमा ३% समता कर खारेज, गगन थापाले गरे स्वागत बढ्दो सामाजिक निराशा र असन्तुष्टि चिर्न सरकार र प्रतिपक्ष सँगसँगै उभिन जरुरीः विश्वप्रकाश शर्मा रास्वपा नेता बाहेकको मात्रै सम्पती छानविन गर्छौं भन्न पाइँदैनः नेकपा नेता दाहाल नीतिगत स्पष्टता भएपनि काँग्रेसले समयको नेतृत्व गर्न सकेन : भीष्मराज आङ्देम्बे प्रदेशमा काँग्रेससँग सत्ता सहकार्य टुटे प्रतिपक्षमा बस्छौँः एमाले नेता तामाङ राजनीतिमा व्याप्त विकृति र जनअसन्तुष्टि सम्बोधन नगरिए विस्फोट हुनसक्छः गगन थापा
तपाईं के खोज्दै हुनुहुन्छ ?

जलवायु न्याय सुनिश्चित गर्न नेपाललाई अन्तरराष्ट्रिय ऐक्यबद्धता आवश्यक–उपसभामुख राना



अ+ अ-

हेनान । उपसभामुख इन्दिरा रानाले जलवायु न्याय सुनिश्चित गर्न नेपाललाई तत्काल अन्तरराष्ट्रिय ऐक्यबद्धताको आवश्यकता रहेको बताउनुभएको छ ।

आज चीनको हेनान प्रान्तमा आयोजित साङ्घाई सहयोग मञ्चको कार्यक्रम ‘विकासका लागि शान्तिपूर्ण र स्थिर वातावरणको सुरक्षा विषयक’ सत्रमा सम्बोधन गर्दै नेपाली प्रतिनिधिमण्डलका प्रमुखको हैसियतले उपसभामुख रानाले विश्वजलवायु परिवर्तनमा खासै योगदान नभएको हिमाली मुलुक नेपाल सबैभन्दा बढी प्रभावित भई त्यसको प्रत्यक्ष असर सामना गर्नुपरेको बताउनुभयो ।

“हामीले यो सङ्कट निम्त्याएका होइनौँ, तर पनि हामी समाधानको हिस्सा बन्न तयार छौँ”, उहाँले भन्नुभयो, “जलवायु परिवर्तनका असर कम गर्न, हरित ऊर्जा प्रवर्द्धन गर्न र जलवायु न्याय सुनिश्चित गर्न जलवायु परिवर्तनबाट सबैभन्दा बढी प्रभावित नेपाललाई तत्काल अन्तरराष्ट्रिय ऐक्यबद्धताको खाँचो छ । यसतर्फ विश्वजगतबाट साथ सहयोग प्राप्त हुने विश्वास लिएकी छु ।”

सम्बोधनका क्रममा उपसभामुख रानाले हिमाली राष्ट्रका रूपमा नेपाल जलवायु सङ्कटको अग्रपङ्क्तिमा रहनु, हिमनदी पग्लनु र छिटो मौसम परिवर्तन हुनुका साथसाथै ग्रामीण र हिमाली क्षेत्रमा प्रतिकूल प्रभाव पारिरहेको घटनाक्रम प्रस्तुत गर्दै जलवायु परिवर्तनका कारण नेपाल अप्ठ्यारो स्थितिमा रहेको भनी अन्तरराष्ट्रिय जगतको ध्यानाकर्षण गर्नुभयो ।

उपसभामुख रानाले जलवायु परिवर्तन, असमानता र क्षेत्रीय तनावजस्ता समसामयिक चुनौतीहरू कुनै एक देशले मात्रै समाधान गर्न नसक्ने भन्दै त्यसका लागि साङ्घाई सहयोग मञ्चजस्ता क्षेत्रीय साझेदारी ‘प्लेटफर्म’हरू प्रभावकारी हुने धारणा राख्नुभयो । शान्तिपूर्ण ढङ्गबाट लोकतान्त्रिक गणतन्त्रात्मक शासन व्यवस्थासहित अघि बढेको नेपालले संवाद, राजनीतिक इच्छाशक्ति र जनसहभागिताका माध्यमबाट महत्वपूर्ण उपलब्धि हासिल गरेको उल्लेख गर्दै उहाँले विकास प्रक्रियामा गरिबी निवारण र वातावरण संरक्षणलाई समान रूपमा महत्व दिनुपर्ने धारणा व्यक्र गर्नुभयो ।

“दिगो, सन्तुलित र निष्पक्ष विकासले मात्रै समावेशी अर्थतन्त्र निर्माण गर्न सकिन्छ”, उहाँले बताउनुभयो । नेपालले प्रतिस्पर्धाभन्दा सहकार्यलाई प्राथमिकता दिँदै आएको स्पष्ट पार्दै उहाँले चीनलगायत छिमेकी मुलुकसँग पूर्वाधार निर्माण, व्यापारिक सम्बन्ध विस्तार र जनस्तरमा सम्बन्ध प्रगाढ बनाउने दिशामा सहकार्य गरिरहेको जानकारी दिनुभयो ।

कार्यक्रममा नेपाल र चीनबीचको सम्बन्ध पारस्परिक सम्मान, सहयोग, सहकार्य, वातावरणीय दिगोपन र साझा लाभमा आधारित रहेको उल्लेख गर्दै उपसभामुख रानाले वातावरणीय सन्तुलनसहित शान्ति र प्रगतिका पक्षमा प्रतिबद्धता जनाउनुभयो ।




भर्खरै