काठमाडौँ । विश्वप्रसिद्ध रेस्लर हल्क होगनको हृदयघातका कारण निधन भएको छ । डब्लूडब्लूईले एक विज्ञप्ति जारी गर्दै उनको ७१ वर्षको उमेरमा निधन भएको पुष्टि गरेको छ ।
वास्तविक नाम टेरी बोलिया रहेका होगनले सन् १९७७ बाट रेस्लिङ यात्रा सुरु गरेका थिए । सन् १९८० र ९० को दशकमा उनी चर्चित बने ।
सन् १९७९ मा वल्र्ड रेस्लिङ फेडेरेसन अर्थात् हालको डब्लूडब्लूईमा आबद्ध भएपछि उनी ‘हल्क होगन’को रूपमा दुनियाँभर परिचित बने । ५० वर्षको उमेरसम्म रिङमा सक्रिय रहेका होगनले टेलिभिजन र सिनेमामा समेत अभिनय गरे ।
उनले ६ पटक डब्लूडब्लूई वर्ल्ड हेभीवेट च्याम्पियनसिप जितेका थिए ।
रेसलिङबाहेक चलचित्र र टिभी कार्यक्रममा पनि अभिनय गरेका होगन डब्लूडब्लूईको ‘होल अफ फेम’ मा नाम समावेश गरिएका सम्मानित रेसलर पनि हुन् ।










