२१ जेष्ठ २०८३, बिहीबार
,
Latest
फरेन्सिक ल्याव ठाउँ–ठाउँमा बनाउन नेपालको क्षमताले भ्याउँदैनः महावीर पुन अध्ययन बिदा लिएर नफर्किएका प्राध्यापकबाट १० करोड ४६ लाख रुपैयाँ फिर्ता ट्रम्पद्वारा इरानसँग युद्धविराम पुनरावलोकनको सङ्केत, तनाव र कूटनीतिक वार्ता दुवै जारी सार्वजनिक स्रोतको संरक्षण तथा उच्च शिक्षाको गुणस्तर अभिवृद्धिका लागि मन्त्रालय प्रतिबद्ध छः शिक्षामन्त्री पोखरेल विद्यालय तहको ‘राष्ट्रिय पाठ्यक्रम प्रारूप’ पुनरावलोकन गरिँदै झापामा हुरी–वर्षाले २९.९७ हेक्टर केराखेती नष्ट, करिब २ करोड १२ लाख क्षति अनुमान राप्रपामा रहँदाका चार वर्ष मेरो राजनीतिक जीवनकै पीडादायी भएः डा. धवलशमशेर जबरा राप्रपा छाडेका धवलशमशेरले गरे नयाँ पार्टी खोल्ने घोषणा हामी संसदीय व्यवस्थाका निर्माता हौँ, उपभोग गर्न मात्रै आएका होइनौँः एमाले प्रमुख सचेतक महर ‘डोनाल्ड ट्रम्प’ नाम दिइएको दुर्लभ एल्बिनो भैँसी ढाका चिडियाखानामा
तपाईं के खोज्दै हुनुहुन्छ ?

संरक्षणको पर्खाइमा ऐतिहासिक ‘ठूलढुङ्गा’



अ+ अ-

लमजुङ । यहाँको मध्यनेपाल नगरपालिका–७ करापुटारस्थित इशानेश्वर महादेव मन्दिरदेखि ५०० मिटर नजिक मादी नदी किनारमा एउटा ठूलो ढुङ्गा छ । जुन पौराणिक कथा बोकेको ऐतिहासिक ढुङ्गा हो ।

यो ढुङ्गा सात दिने सुत्केरीले गाडेको भन्ने किम्वदन्ती छ । तर हालसम्म यसको संरक्षणमा कुनै निकायले खासै चासो दिएको पाइँदैन । विसं १८२९ ९शाके १६९४० मा राजा वीरनारयणका पत्नीहरू शालधरा, सकलान र कुमारी गरी यी तीन शिव पार्वतीका भक्तहरुले इशानेश्वर महादेवको नाममा शिवरात्रि र फकिर, जोगी, साधुसन्तका निम्ति सात बीस अर्थात् १४० मुरी खेतको गुठी, अन्न सङ्कल्प गरी दान गरिएको अभिलेख यस ढुङ्गामा कुँदिएको छ । हाल सो गुठीको जग्गा मोहीहरुको नाममा दर्ता भइसकेको छ ।

सो ठूलो ढुङ्गामा लेखिएको छ,  “श्री शाके सोह्रसय चौरानब्बे सहकाल गणिके लेखे श्री वीरनारायण, शालाधरा, सकलान, कुमारी इ तीन प्रभुजिके धर्म कर्म परबह्म ज्ञानिके सात बीस अन्न सङ्कल्प कालु मौखिके अतित पथि फुकुरा खलो सदवार्तातुही लिखे वीरनारायण साध्वा पत्नी शालधरा सकलान कुमारी तु तृतीया धर्म परायणा तेषामेत द्वान्न एवं दम्पतिना कुमारी क्षितिस्वारा रक्षतु प्रिताये भुयाद भवानी विश्वनाथायो शाके १६९४ ।” यो अभिलेखले पनि यस ढुङ्गाको ऐतिहासिकतालाई स्पष्ट पारेको छ । यसलाई घोटेर सफा गरेर पढ्न सकिने महादेव मन्दिरका पूर्वअध्यक्ष एवं शिक्षक रामचन्द्र घिमिरेले बताउनुभयो ।

केही वर्षअघिसम्म सोही ढुङ्गाको नजिकै मादी नदी किनारमा फागुपूर्णिमामा छेलो हान्ने प्रतियोगिता हुने गथ्र्यो । ठूलो सङ्ख्यामा कास्की, तनहुँ र लमजुङका सर्वसाधारण मेला भर्न आउँथे । हाल सो मेला पर्व समेत लाग्न छाडेको छ । यहाँ हरिबोधानी एकादशीमा फूल तार्ने गरिन्थ्यो । त्यो पनि विस्तारै लोप हुँदै गएको स्थानीय बताउँछन् ।

यस ढुङ्गाको महत्व बुझेर संरक्षण गर्नेतर्फ कसैले चासो नदिएको स्थानीय नरबहादुर गुरुङले बताउनुभयो । हाल इशानेश्वर महादेव क्षेत्र विकास समितिले मन्दिरसँग जोडिएको हुनाले भक्तजनहरुलाई अभिलेखको जानकारी गराउँदै यसलाई पर्यटकीय स्थान बनाउने र ढुङ्गालाई संरक्षण गर्ने तयारी रहेको इशानेश्वर महादेव क्षेत्र विकास समितिका अध्यक्ष गुणराज घिमिरेले बताउनुभयो ।

सोही वडाका अध्यक्ष हीराबहादुर गुरुङ र नगर प्रमुख रमेशकुमार पाण्डेले यसको संरक्षण र जगेर्ना अति जरुरी रहेको बताउँदै बजेट विनियोजन गर्ने प्रतिबद्धता गर्नुभएको छ ।




भर्खरै