८ पुष २०८२, मंगलवार
,
Latest
जेनजी आन्दोलनको मर्मअनुसार सबै निर्वाचनमा सहभागी होऔँ: संरक्षक चौधरी यात्रुलाई अमर्यादित व्यवहार गर्ने ट्याक्सी र चालकलाई विमानस्थलमा प्रवेशमा रोक कोलम्बियामा अपहरण गरिएका १८ सैनिक रिहा गृहमन्त्री अर्यालद्वारा भेरी बबई डाइभर्सन बहुउद्देश्यीय आयोजनाको निरीक्षण आगलागीमा करिब तीन लाख क्षति, एक महिला घाइते वन तथा सडक क्षेत्र अतिक्रमण गरी बनाइएका घरटहरा भत्काइयो प्रदेश राजधानी सुन्दर र सुरक्षित बनाउन उद्योग वाणिज्य सङ्घको आग्रह श्रीकृष्ण माविलाई चौथो पटक राष्ट्रपति रनिङ शिल्ड सुनचाँदी पसले नै सुन चोरीमा संलग्न भएपछि… मुख्यमन्त्री कार्कीद्वारा म्याङलुङ बसपार्क र मेयङलुङ कृषि शीतभण्डार उद्घाटन
तपाईं के खोज्दै हुनुहुन्छ ?

गर्मी छल्न कोशी कटान क्षेत्रमा नुहाउनेको भीड



अ+ अ-
इनरुवा । अत्यधिक गर्मीका कारण यहाँको कोशी गाउँपालिका–४ स्थित कोशी कटान क्षेत्रमा स्थानीयको भीड लाग्न थालेको छ ।
सो स्थानमा सप्तकोशी नदीको पानी ‘सिपेज’ भएर आउने र पानी चिसो हुने भएकाले नुहाउनका लागि स्थानीयसँगै आसपासका स्थानबाट सर्वसाधारण आउने गरेको स्थानीय अरुण मण्डलले जानकारी दिनुभयो । यहाँ दैनिक १०० भन्दा बढी नुहाउनकै लागि आउन थालेको स्थानीय रुपेश झाले बताउनुभयो ।
चर्को घामका बेलामा पनि यहाँको पानी चिसो हुने भएकाले बढ्दो गर्मीसँगै नुहाउन आउनेको सङ्ख्यामा वृद्धि भएको स्थानीयको भनाइ छ । कटान क्षेत्रमा लामो तथा छाटो दूरीका सवारीसाधनका चालक र यात्रु समेत नुहाएर विश्राम लिने गरेका छन् । यस स्थानलाई गर्मी मौसमको समयमा व्यवस्थित बनाई आन्तरिक पर्यटन प्रवर्द्धन सकिने भएकाले ठोस योजना बनाउन आवश्यक रहेको स्थानीय बताउँछन् ।