३ भाद्र २०८३, बुधबार
,
Latest
चीन र अष्ट्रेलियाबीच मुद्रा तथा वित्तीय सहकार्य विस्तार इन्डोनेसियामा भूकम्पको चार दिनपछि जनजीवन सामान्यतर्फ फर्किंदै चट्याङ लागेर घाइते भएका एक जनाको मृत्यु बगेर बेपत्ता भएका दुई किशोरको शव फेला सम्पादक श्रेष्ठलाई पक्राउ नगर्न अन्तरिम आदेश परराष्ट्रमन्त्री खनालको नेतृत्वमा नेपाली प्रतिनिधिमण्डल राष्ट्रसंघको ८१ औँ महासभामा सहभागी हुने राष्ट्र बैंकको डेपुटी गभर्नरमा दीर्घबहादुर राव‍ल नियुक्त कर्णाली सरकारका नवनियुक्त तीन मन्त्रीद्वारा शपथ ग्रहण भलिबल लिगलाई एक्स्ट्रिमको साथ ‘मानवअधिकारको संरक्षण तथा प्रवद्र्धनमा नेपाल र चीनबीचको सहकार्यले निरन्तरता पाउने विश्वास’
तपाईं के खोज्दै हुनुहुन्छ ?

इरानमा खडेरीः सरकारी कार्यालय बन्द र पानीमा प्रतिवन्ध



अ+ अ-

एजेन्सी । इरानी अधिकारीहरूले तेहरानसहित २२ प्रान्तहरूमा सरकारी कार्यालयहरू बन्द गरेका छन् ।  गर्मीको समयमा पानी र बिजुलीको अभाव भएसँगै व्यवस्थापन गर्न नसकेपछि चार अन्य प्रान्तहरूमा काम गर्ने घण्टा घटाएका छन् ।

देशभर तापक्रम ४० डिग्री सेल्सियस नाघेको र केही क्षेत्रहरूमा ५० डिग्री सेल्सियस नजिक पुगेको कारण यो निर्णय गरिएको हो । बाँधहरूले अब क्षमताको ४४ प्रतिशत मात्र ओगटेका छन् । जबकि होर्मोज्गन र फार्स जस्ता दक्षिणी प्रान्तहरूले पूर्ण रूपमा कमीको सामना गरिरहेका छन् ।

तेहरानमा ४१ प्रतिशत वर्षा घटेको बताइएको छ । तेहरान प्रान्तको पानी कम्पनीले यसले बिहीवारदेखि अर्को सूचना नभएसम्म सबै सार्वजनिक र निजी पोखरीहरूमा पानी आपूर्ति निलम्वन गरिएको जनाएको छ । मन्त्रिपरिषद् बैठकमा इरानी राष्ट्रपति मसूद पेजेश्कियानले विगतका प्रयासहरू संकट समाधान गर्न असफल भएको स्वीकार गर्नुभयो ।