२६ जेष्ठ २०८३, मंगलवार
,
Latest
११ बजे मन्त्रिपरिषद् बैठक बस्दै ट्रकमा मोटरसाइकल ठोक्किँदा एकको मृत्यु, एक घाइते नाम्खा गाउँपालिकालाई पूर्ण खोप सुनिश्चितता घोषणा हुथीद्वारा इजरायलमा क्षेप्यास्त्र प्रहार, लाल सागरमा इजरायली जहाज सञ्चालनमा पूर्ण प्रतिवन्धको घोषणा ओमानको खाडीमा इरानतर्फ जाँदै गरेको तेल ट्याङ्कर अमेरिकी सेनाद्वारा निष्क्रिय दक्षिणी गाजामा इजरायली हवाई आक्रमण, ५ प्यालेस्टिनीको मृत्यु, १० भन्दा बढी घाइते फिलिपिन्समा शक्तिशाली भूकम्पपछि जारी सुनामी चेतावनी इण्डोनेसियाले फिर्ता लियो इरानी पेट्रोकेमिकल उद्योगमाथि आक्रमणको बदलामा इजरायली शहर हाइफामा इरानद्वारा क्षेप्यास्त्र प्रहार यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य ‘बर्डफ्लु’ नियन्त्रणका लागि ‘द्रुत कार्य टोली’ परिचालन
तपाईं के खोज्दै हुनुहुन्छ ?

स्पेनमा रोजगारी अहिलेसम्मकै उच्च



अ+ अ-

एजेन्सी । राष्ट्रिय तथ्याङ्क संस्थान (आईएनई) द्वारा बिहीवार जारी गरिएको तथ्याङ्कअनुसार स्पेनले रोजगारीमा ऐतिहासिक कोशेढुङ्गा हासिल गरेको छ । आर्थिक रूपमा सक्रिय जनसंख्या सर्वेक्षणले २०२५ को दोस्रो त्रैमासिकको अन्त्यमा लगभग २ करोड २२ लाख ७० हजार मानिसहरू रोजगारीमा रहेको देखाएको छ । जुन अघिल्लो त्रैमासिकको तुलनामा ५० लाख ३ हजार ३ सयले वृद्धि भएको छ । जुन २०२४ को तुलनामा ५ लाख ८४ हजार  बढी हो ।

बेरोजगारी २३ लाख ६ हजार १ सयले घटेर २.५५ मिलियन पुगेको छ । यसले राष्ट्रिय बेरोजगारी दर १०.२९ प्रतिशतमा झरेको छ । जुन २००८ को विश्वव्यापी वित्तीय संकट पछिको सबैभन्दा कम स्तर हो । आईएनईकाअनुसार स्पेनको जनसंख्या हाल ४ करोड ९० लाख रहेको छ ।

स्पेनको रोजगारी दर लगातार तीन त्रैमासिकमा ०.६ प्रतिशतभन्दा बढीले बढेको छ । स्पेनको कुल गार्हस्थ्य उत्पादन २०२५ मा २.५ प्रतिशतले बढ्ने अनुमान गरिएको छ । तुलनात्मक रूपमा, युरोपेली आयोगको वसन्त २०२५ आर्थिक पूर्वानुमानले समग्र युरोपेली संघको लागि १.१ प्रतिशत र युरो क्षेत्रको लागि ०.९ प्रतिशत वृद्धि हुने अनुमान गरेको छ ।