२ पुष २०८२, बुधबार
,
Latest
जेनजी आन्दोलन : भौतिक र अन्य क्षतिको पाँच अर्ब बढी दाबी भुक्तानी तत्कालीन सचिव र सहसचिव कार्कीविरुद्ध मुद्दा दर्ता फेवातालको संरक्षणका लागि अदालतको आदेश चाँडै कार्यान्वयन गर्छौं : मुख्यमन्त्री पाण्डे ‘अनुसन्धान शोधवृत्ति’का लागि शोधकर्ता आव्हान राष्ट्रियसभा निर्वाचन : मतदानस्थल तथा केन्द्र निर्धारण प्रलोपाद्वारा लोकतान्त्रिक शक्तिहरूबीच बृहत् ध्रुवीकरणका लागि आह्वान जनमत पार्टीका केन्द्रीय सदस्यहरु आजपामा प्रवेश गरे ‘अन्तर्राष्ट्रिय कला शिविर’ सुरु एपिएफ क्लब ‘साफ महिला क्लब च्याम्पियनसिप’को फाइनलमा अन्नपूर्ण आधार शिविरमा सञ्चार सुविधा विस्तार गर्न सञ्चारमन्त्रीको ध्यानाकर्षण
तपाईं के खोज्दै हुनुहुन्छ ?

कोरोनाको मारमा दीर्घरोगी र ज्येष्ठ नागरिक



अ+ अ-

काठमाडौं । कोरोना भाइरस संक्रमण फैलिँदै जाँदा दीर्घरोगी र ज्येष्ठ नागरिक निकै मारमा परेका छन् । ६० वर्षमाथिका र दीर्घरोगीहरू कोरोनाको उच्च जोखिम समूहमा पर्ने विश्व स्वास्थ्य संगठनले जनाएको छ । रोगसँग लडिरहेका र ६० वर्षमाथिका व्यक्तिमा रोगसँग लड्ने क्षमता कम हुने भएकाले उनीहरू कोरोनाको थप जोखिममा रहेको जनस्वास्थ्य विज्ञहरूको भनाइ छ । मुटु, मिर्गौला, मधुमेह, उच्च रक्तचाप, क्यान्सर र श्वासप्रश्वाससम्बन्धी समस्या भएका व्यक्ति कोरोना संक्रमणको उच्च जोखिममा पर्छन् । दीर्घरोगीलाई आरटी–पीसीआर प्रविधिबाट कोरोना परीक्षण गर्ने व्यवस्था सरकारको योजनामा परेको छैन । हाल दैनिक २ हजार ५ सय जनासम्मको आरटी–पीसीआर प्रविधिबाट कोरोना परीक्षण हुँदै आएको छ । मुटुरोगबाट पीडित नागरिक कुल जनसंख्याको १५ प्रतिशत अर्थात् ४५ लाखको हाराहारीमा रहेको अनुमान गरिएको छ । क्यान्सर काउन्सिल नेपालका अनुसार बर्सेनि २६ हजार जना क्यान्सरका बिरामी थपिने गरेका छन् । सरकारी तथ्यांकअनुसार नेपालमा २५ लाख ९५ हजार जना नागरिक ६० वर्षमाथिका छन् ।

सरुवा रोग विशेषज्ञ डा। शेरबहादुर पुनले दीर्घरोगी र ज्येष्ठ नागरिक कोरोनाको थप जोखिममा रहेको बताए । उनले भने, ‘उनीहरूमा अन्य व्यक्तिमा भन्दा रोगसँग लड्ने क्षमता कम हुन्छ । ज्येष्ठ नागरिक र दीर्घरोगीलाई हेलचेक्राई गर्नुहुँदैन ।’ स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा। विकास देवकोटाले ज्येष्ठ नागरिक र दीर्घरोगीलाई कोरोना परीक्षणको दायरामा समेटिने बताए । उनले भने, ‘दीर्घरोगी र ज्येष्ठ नागरिकलाई कोरोना परीक्षणको दायराभित्र ल्याउने सरकारले निर्णय गरेको छ । कार्यान्वयन गर्दै लैजान्छौं ।’ राजधानीसहित देशभरका सरकारी तथा निजी अस्पतालले सहज रुपमा सेवाप्रवाह नगर्दा ती बिरामी मर्कामा परेका छन् । लकडाउन लम्बिँदै जाँदा फलोअप आवश्यक पर्ने र दीर्घरोगी मर्कामा परेका हुन् ।

मुटुसम्बन्धी समस्या भएका ४७ वर्षीया पार्वती राणाले भनिन्, ‘फलोअपका लागि काठमाडौं जानुपर्ने थियो । अलिक बढी दुखेको छ । तर, मुलुकभर लकडाउन छ, के गर्नु ?’ मुख्यतः मुटुको समस्या, दम, क्यान्सर र मिर्गौलाको समस्या भएका व्यक्ति अहिले बढी प्रभावित भएका छन् । अहिले पनि अधिकांश अस्पतालले ती बिरामीलाई सहज रुपमा स्वास्थ्य जाँच गरेको पाइँदैन । अहिले पनि मानिस अन्य रोगबाट दैनिक मृत्युवरण गर्नु परिरहेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले स्वास्थ्य सेवा बन्द नगर्न पटक–पटक आग्रह गर्दै आए पनि कार्यान्वयन हुन सकिरहेको छैन । अधिकांश अस्पतालले ओपीडी सेवा पूर्णतः सञ्चालन नगरेको पाइएको छ । सरकारले नियमित स्वास्थ्य सेवा प्रभावित नभएको गुनासो गरे पनि कार्यान्वयनमा आउन सकेको छैन ।

संक्रमित २ हजार नाघे
नेपालमा कोरोना भाइरस संक्रमितको संख्या २ हजार ९९ पुगेको छ । मंगलबार थप २ सय ८८ जनामा कोरोना भाइरसको संक्रमण देखिएसँगै संक्रमितको संख्या २ हजार ९९ पुगेको हो । कुल संक्रमितमध्ये १ हजार ९ सय ४९ पुरुष र १ सय ५० महिला रहेका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार हालसम्म देशका ६१ जिल्लामा संक्रमण देखिएको छ । नेपालमा हालसम्म संक्रमितमध्ये २ सय ६६ जना निको भएका छन् । संक्रमण देखिएकामध्ये आठ जनाको मृत्यु भएको छ । आरटी–पीसीआर प्रविधिबाट ७५ हजार ३ सय ४३ जनाको कोरोना परीक्षण गरीएको छ । देशभर १ हजार ८ सय २५ जना आइसोलेसनमा उपचाररत छन् । स्वास्थ्य मन्त्रालयका अनुसार १ लाख ४५ हजार ३ सय ७५ जना क्वारेन्टिनमा बसेका छन् । राजधानी दैनिक