८ भाद्र २०८३, सोमबार
,
Latest
सामुदायिक नर्सिङ र ओसीएमसी सेवाको प्रभावकारिता बढाउने विषयमा छलफल सांसद गच्छदारको प्रश्न: गरिमा चौधरीको जीवन सालिक बनाएर फर्किन्छ ? गृह मन्त्रालयमा गरिमा चौधरीका अभिभावकको भिडियो खिचिएकोप्रति रास्वपाको आपत्ति रास्वपा सांसदद्वारा मानव–वन्यजन्तु द्वन्द्व व्यवस्थापनका लागि एकीकृत कार्ययोजना ल्याउन माग स्याङ्जामा अवैध उत्खननमा प्रयोग भएका दुई ट्याक्टरलाई जरिवाना भारतीय कुखुरा र चल्लाको अवैध तस्करी नियन्त्रण गर्न तथा पोल्ट्री किसानको लगानी संरक्षणको माग गर्दै… मानव–वन्यजन्तु द्वन्द्व न्युनिकरणका लागि स्थानीय स्तरमै समाधान खोज्न आवश्यकः प्रवक्ता डा. ढकाल सहअस्तित्वका नाममा वन्यजन्तु संरक्षणको भार किसानलाई मात्र बोकाउन नहुने मानव–वन्यजन्तु द्वन्द्व न्यूनीकरणको प्रतिवेदन तत्काल कार्यान्वयन गर्न सांसद ढकालको माग वन्यजन्तु र छाडा चौपायाको समस्या समाधान गर्न सरकारसँग सांसद भाटको माग
तपाईं के खोज्दै हुनुहुन्छ ?

कोरोनाको मारमा दीर्घरोगी र ज्येष्ठ नागरिक



अ+ अ-

काठमाडौं । कोरोना भाइरस संक्रमण फैलिँदै जाँदा दीर्घरोगी र ज्येष्ठ नागरिक निकै मारमा परेका छन् । ६० वर्षमाथिका र दीर्घरोगीहरू कोरोनाको उच्च जोखिम समूहमा पर्ने विश्व स्वास्थ्य संगठनले जनाएको छ । रोगसँग लडिरहेका र ६० वर्षमाथिका व्यक्तिमा रोगसँग लड्ने क्षमता कम हुने भएकाले उनीहरू कोरोनाको थप जोखिममा रहेको जनस्वास्थ्य विज्ञहरूको भनाइ छ । मुटु, मिर्गौला, मधुमेह, उच्च रक्तचाप, क्यान्सर र श्वासप्रश्वाससम्बन्धी समस्या भएका व्यक्ति कोरोना संक्रमणको उच्च जोखिममा पर्छन् । दीर्घरोगीलाई आरटी–पीसीआर प्रविधिबाट कोरोना परीक्षण गर्ने व्यवस्था सरकारको योजनामा परेको छैन । हाल दैनिक २ हजार ५ सय जनासम्मको आरटी–पीसीआर प्रविधिबाट कोरोना परीक्षण हुँदै आएको छ । मुटुरोगबाट पीडित नागरिक कुल जनसंख्याको १५ प्रतिशत अर्थात् ४५ लाखको हाराहारीमा रहेको अनुमान गरिएको छ । क्यान्सर काउन्सिल नेपालका अनुसार बर्सेनि २६ हजार जना क्यान्सरका बिरामी थपिने गरेका छन् । सरकारी तथ्यांकअनुसार नेपालमा २५ लाख ९५ हजार जना नागरिक ६० वर्षमाथिका छन् ।

सरुवा रोग विशेषज्ञ डा। शेरबहादुर पुनले दीर्घरोगी र ज्येष्ठ नागरिक कोरोनाको थप जोखिममा रहेको बताए । उनले भने, ‘उनीहरूमा अन्य व्यक्तिमा भन्दा रोगसँग लड्ने क्षमता कम हुन्छ । ज्येष्ठ नागरिक र दीर्घरोगीलाई हेलचेक्राई गर्नुहुँदैन ।’ स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा। विकास देवकोटाले ज्येष्ठ नागरिक र दीर्घरोगीलाई कोरोना परीक्षणको दायरामा समेटिने बताए । उनले भने, ‘दीर्घरोगी र ज्येष्ठ नागरिकलाई कोरोना परीक्षणको दायराभित्र ल्याउने सरकारले निर्णय गरेको छ । कार्यान्वयन गर्दै लैजान्छौं ।’ राजधानीसहित देशभरका सरकारी तथा निजी अस्पतालले सहज रुपमा सेवाप्रवाह नगर्दा ती बिरामी मर्कामा परेका छन् । लकडाउन लम्बिँदै जाँदा फलोअप आवश्यक पर्ने र दीर्घरोगी मर्कामा परेका हुन् ।

मुटुसम्बन्धी समस्या भएका ४७ वर्षीया पार्वती राणाले भनिन्, ‘फलोअपका लागि काठमाडौं जानुपर्ने थियो । अलिक बढी दुखेको छ । तर, मुलुकभर लकडाउन छ, के गर्नु ?’ मुख्यतः मुटुको समस्या, दम, क्यान्सर र मिर्गौलाको समस्या भएका व्यक्ति अहिले बढी प्रभावित भएका छन् । अहिले पनि अधिकांश अस्पतालले ती बिरामीलाई सहज रुपमा स्वास्थ्य जाँच गरेको पाइँदैन । अहिले पनि मानिस अन्य रोगबाट दैनिक मृत्युवरण गर्नु परिरहेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले स्वास्थ्य सेवा बन्द नगर्न पटक–पटक आग्रह गर्दै आए पनि कार्यान्वयन हुन सकिरहेको छैन । अधिकांश अस्पतालले ओपीडी सेवा पूर्णतः सञ्चालन नगरेको पाइएको छ । सरकारले नियमित स्वास्थ्य सेवा प्रभावित नभएको गुनासो गरे पनि कार्यान्वयनमा आउन सकेको छैन ।

संक्रमित २ हजार नाघे
नेपालमा कोरोना भाइरस संक्रमितको संख्या २ हजार ९९ पुगेको छ । मंगलबार थप २ सय ८८ जनामा कोरोना भाइरसको संक्रमण देखिएसँगै संक्रमितको संख्या २ हजार ९९ पुगेको हो । कुल संक्रमितमध्ये १ हजार ९ सय ४९ पुरुष र १ सय ५० महिला रहेका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार हालसम्म देशका ६१ जिल्लामा संक्रमण देखिएको छ । नेपालमा हालसम्म संक्रमितमध्ये २ सय ६६ जना निको भएका छन् । संक्रमण देखिएकामध्ये आठ जनाको मृत्यु भएको छ । आरटी–पीसीआर प्रविधिबाट ७५ हजार ३ सय ४३ जनाको कोरोना परीक्षण गरीएको छ । देशभर १ हजार ८ सय २५ जना आइसोलेसनमा उपचाररत छन् । स्वास्थ्य मन्त्रालयका अनुसार १ लाख ४५ हजार ३ सय ७५ जना क्वारेन्टिनमा बसेका छन् । राजधानी दैनिक




भर्खरै