२४ मंसिर २०८२, बुधबार
,
Latest
चीनको आवासीय भवनमा आगलागी, १२ जनाको मृत्यु कुखुरामा ‘एनेमिया भाइरस’ भेटियो १८ दिनका लागि ४० अर्ब निक्षेप खिच्दै राष्ट्र बैंक मुस्ताङमा स्याउ बगैँचा व्यवस्थापन गर्न सुरु कम्बोडियासँगको सीमा विवादका कारण चार लाख थाई बासिन्दा विस्थापित: थाई रक्षा मन्त्रालय ‘बर्थिङ सेन्टर’ त छ टाढा छ, गर्भवतीलाई ‘स्ट्रेचर’मा लैजानुपर्छ, बोक्ने पुरुष पाइन्न एमडी भएकै कारण दुर्घटना व्यहोर्नुपर्‍यो, अदालतबाट न्याय पाएर फर्किएको छुः हितेन्द्रदेव शाक्य विद्युत प्राधिकरणमा हितेन्द्रको पुनर्वहाली लोकतन्त्रको आत्मा स्वच्छ र निष्पक्ष निर्वाचनः प्रधानमन्त्री कार्की रुपन्देही–३ः कांग्रेसबाट खाणसहित छ जना सिफारिस
तपाईं के खोज्दै हुनुहुन्छ ?

भुवनको समाचारप्रति आरतीको अहसमति



फाईल फोटो
अ+ अ-

काठमाडौं । आरती रावलले जवरजस्ती करणीको मुद्दामा काठमाडौं जिल्ला अदालतबाट दोषी ठहर भएका जिल्ला न्यायाधीश भुवन गिरीका बारेमा प्रकाशित समाचार प्रति असन्तुष्टि जनाउनु भएको छ ।

रावलले प्रकाशित सामग्री प्रति असन्तुष्टि जनाउदै प्रेस काउन्सील मार्फत आफनो भनाई पठाउनु भएको छ ।

हाल निलबिम्त न्यायधीस गिरी काठमाडौंको डिल्लीबजार कारागारमा कैद सजाय भुक्तान गरिरहेका छन् । उनले उच्च अदालत पाटनमा पुनरावेदन गरेका छन् । यो मुद्दाको अन्तिम किनारा लागेको छैन ।

गिरी बिरुद्ध रावलले आफूलाई बन्धक बनाएर कुटपिट गरेको, घरेलु हिंसा र यौनशोषण गरेको आरोप लगाउँदै मुद्दा दर्ता गराउनु भएको थियो । ।

रावलले न्याय पाउनका लागि भन्दै कहिले सडक संघर्ष त कहिले अनसन बस्ने गर्नुभएको थियो ।

जिल्ला अदालत बाँकेले आरती रावल र उनका पति निलम्बनमा परेका जिल्ला न्यायाधीश भुवन गिरी बिच सम्बन्ध विच्छेद हुने फैसला समेत गरेको छ ।

न्यायधीश गिरीले आरतीविरुद्ध सम्बन्ध विच्छेद र गाली बेइज्जती सम्बन्धी मुद्दा २०७९( ०८( ११ मा दर्ता गराउनु भएको थियो ।

गत माघ २० गते न्यायधीश भिष्मराज प्रसाईंको इजलासले आरतीको माग दाबी नपुग्ने भन्दै सम्बन्ध विच्छेदको फैसला गरेको हो ।

रावलले पठाउनु भएको भनाई यस्तो छ ।

यो पनि पढ्नुहोस

न्यायाधीश भुवन गिरी वैवाहिक बलात्कार आरोपमा पक्राउ

-न्यायाधीश भुवन गिरीलाई थुनामा पठाउन सर्वोच्चको आदेश

न्यायाधीश भुवन गिरीकी श्रीमतीद्वारा सर्वोच्चमा आत्मदाहको प्रयास

पूर्वन्यायाधीश गिरीलाई बलात्कार मुद्दामा ७ वर्ष कैद सजाय 

-निलम्बित न्यायाधीश गिरी बलात्कार मुद्दामा दोषी ठहर