६ पुष २०८२, आईतवार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

भारतीय सेनाका पूर्व स्थल सेनाध्यक्षहरु स्वदेश फिर्ता



अ+ अ-

काठमाडौं । नेपाली सेनाको निमन्त्रणामा महाशिवरात्रि तथा नेपाली सेना स्थापनाको २६२औँ वार्षिकोत्सवको कार्यक्रममा सहभागी हुन नेपाल आउनु भएका नेपाली सेनाका मानार्थ महारथी तथा भारतीय सेनाका पूर्व स्थल सेनाध्यक्षहरु स्वदेश फर्किएका छन् ।

कार्यक्रममा सहभागी हुन आउनु भएका भारतीय सेनाका पूर्व स्थल सेनाध्यक्षहरु जनरल (डा.) मनोज मुकुन्द नरवणे (अ.प्रा.) र जनरल मनोज पाण्डे (अ.प्रा.)  जनरल जोगिन्दर जसवन्त सिंह (अ.प्रा.) जनरल दीपक कपुर (अ.प्रा.), जनरल (डा.) विजय कुमार सिंह (अ.प्रा.), जनरल दलवीर सिंह सुहाग (अ.प्रा.) स्वदेश फिर्ता हुनु भएको छ ।

उहाँहरुले नेपाली सेना स्थापनाको २६२ औँ वार्षिकोत्सवको अवसरमा आयोजित कार्यक्रमहरुमा सहभागी हुनुका साथै विभिन्न ऐतिहासिक, धार्मिक तथा पर्यटकीय स्थलहरूको समेत भ्रमण गर्नुभएको सैनिक जनसम्पर्क निर्देशनालयले जनाएको छ ।