२० मंसिर २०८२, शनिबार
,
Latest
गण्डकी प्रदेशको हिमाली भेगमा हल्का वर्षा/हिमपातको सम्भावना यस्तो छ आजका लागि तय भएको विदेशी मुद्राको विनिमयदर चिसो बढेसँगै माथिल्लो मुस्ताङको जनजिवन प्रभावित काठमाडौँका यी स्थानमा आज काटिदैछ बिजुली निर्वाचन गराउन सबै हिसाबमा आयोग तयार छः कार्यबाहक प्रमुख आयुक्त भण्डारी निर्वाचन आयोगद्वारा राजनीतिक दललाई २० बुँदे निर्देशन सुनकोशीमा हाम फालेका एक जना तीन दिनदेखि बेपत्ता अन्तरराष्ट्रिय सम्बन्धलाई सन्तुलित बनाउनुपर्छ : पूर्वप्रधानमन्त्री नेपाल दाताको सहयोगमा बालबालिकालाई कम्प्युटर शिक्षा बाल उद्धार अभियान नेपालको आयोजनामा बक्तृत्वकला प्रतियोगिता सम्पन्न
तपाईं के खोज्दै हुनुहुन्छ ?

बहराइनले लेबनानमा स्थायी कुटनीतिक नियोग खोल्ने



अ+ अ-

एजेन्सी । बहराइनका राजा हमद बिन इसा अल खलिफाले बुधवार बेरुतमा स्थायी बहराइन कुटनीतिक नियोग खोल्ने घोषणा गर्नुभएको छ । जसले लेबनानसँग राज्यको पूर्ण कुटनीतिक सम्बन्धलाई जोड दिनेछ ।

बहराइन समाचार एजेन्सी (बीएनए) काअनुसार बहराइन अधिराज्यको आधिकारिक भ्रमणमा रहेका लेबनानी राष्ट्रपति जोसेफ आउनसँगको भेटमा यो घोषणा गरिएको हो । दुवै नेताले द्विपक्षीय सम्बन्धको समीक्षा गर्नुभयो ।

आर्थिक, सुरक्षा र राजनीतिक क्षेत्रमा सहयोग बढाउने तरिकाहरूबारे छलफल भएको छ । दुवै पक्षले आर्थिक विकास, सुरक्षा समन्वय र क्षेत्रीय स्थिरतामा द्विपक्षीय सहयोग बढाउन, आतंकवादसँग लड्न, व्यापार बढाउन र जारी क्षेत्रीय द्वन्द्वहरूको शान्तिपूर्ण समाधानलाई समर्थन गर्न संयुक्त प्रयास गर्ने प्रतिवद्धता व्यक्त गरेका छन् । लेबनानका पूर्वसूचना मन्त्री जर्ज कोर्दाहीले यमनको युद्धको बारेमा गरेको विवादास्पद टिप्पणीपछि अक्टोबर २०२१ मा बहराइनले बेरुतमा आफ्नो दुतावास बन्द गरेको थियो । जसमा खाडी सहयोग परिषद्का देशहरूले आपत्ति जनाएका थिए ।