३ भाद्र २०८३, बुधबार
,
Latest
चीन र अष्ट्रेलियाबीच मुद्रा तथा वित्तीय सहकार्य विस्तार इन्डोनेसियामा भूकम्पको चार दिनपछि जनजीवन सामान्यतर्फ फर्किंदै चट्याङ लागेर घाइते भएका एक जनाको मृत्यु बगेर बेपत्ता भएका दुई किशोरको शव फेला सम्पादक श्रेष्ठलाई पक्राउ नगर्न अन्तरिम आदेश परराष्ट्रमन्त्री खनालको नेतृत्वमा नेपाली प्रतिनिधिमण्डल राष्ट्रसंघको ८१ औँ महासभामा सहभागी हुने राष्ट्र बैंकको डेपुटी गभर्नरमा दीर्घबहादुर राव‍ल नियुक्त कर्णाली सरकारका नवनियुक्त तीन मन्त्रीद्वारा शपथ ग्रहण भलिबल लिगलाई एक्स्ट्रिमको साथ ‘मानवअधिकारको संरक्षण तथा प्रवद्र्धनमा नेपाल र चीनबीचको सहकार्यले निरन्तरता पाउने विश्वास’
तपाईं के खोज्दै हुनुहुन्छ ?

बहराइनले लेबनानमा स्थायी कुटनीतिक नियोग खोल्ने



अ+ अ-

एजेन्सी । बहराइनका राजा हमद बिन इसा अल खलिफाले बुधवार बेरुतमा स्थायी बहराइन कुटनीतिक नियोग खोल्ने घोषणा गर्नुभएको छ । जसले लेबनानसँग राज्यको पूर्ण कुटनीतिक सम्बन्धलाई जोड दिनेछ ।

बहराइन समाचार एजेन्सी (बीएनए) काअनुसार बहराइन अधिराज्यको आधिकारिक भ्रमणमा रहेका लेबनानी राष्ट्रपति जोसेफ आउनसँगको भेटमा यो घोषणा गरिएको हो । दुवै नेताले द्विपक्षीय सम्बन्धको समीक्षा गर्नुभयो ।

आर्थिक, सुरक्षा र राजनीतिक क्षेत्रमा सहयोग बढाउने तरिकाहरूबारे छलफल भएको छ । दुवै पक्षले आर्थिक विकास, सुरक्षा समन्वय र क्षेत्रीय स्थिरतामा द्विपक्षीय सहयोग बढाउन, आतंकवादसँग लड्न, व्यापार बढाउन र जारी क्षेत्रीय द्वन्द्वहरूको शान्तिपूर्ण समाधानलाई समर्थन गर्न संयुक्त प्रयास गर्ने प्रतिवद्धता व्यक्त गरेका छन् । लेबनानका पूर्वसूचना मन्त्री जर्ज कोर्दाहीले यमनको युद्धको बारेमा गरेको विवादास्पद टिप्पणीपछि अक्टोबर २०२१ मा बहराइनले बेरुतमा आफ्नो दुतावास बन्द गरेको थियो । जसमा खाडी सहयोग परिषद्का देशहरूले आपत्ति जनाएका थिए ।