काठमाडौं । हास्य कलाकार शिवशंकर रिजाल ‘जोगिन्दर पानवाला’ ले यस वर्षको गाईजात्रा विशेष हास्यव्यंग्य प्रस्तुति ल्याएका छन् । उनले नेताहरूलाई व्यंग्य गर्दै गाईजात्रा कमेडी कोसेली ‘मिसन नौटंकी’ सार्वजनिक गरेका हुन् ।
रिजालले देशमा जुनसुकै दलको नेताहरूले भन्ने गरेको ‘मिसन चौरासी’ को विषयलाई समेत व्यंग्य गरेका छन् । सबैको चासो र चिन्ताको विषय भ्रष्टाचार र नेताहरूको गलत क्रियाकलाप भएको विषय उनले उठाएका हुन् ।
शिवशंकरले नेताहरूको क्रियाकलाप र समाजका विकृति विसंगतिमाथि व्यंग्य गर्दै दर्शक तथा स्रोतालाई मनोरञ्जन दिने उद्देश्यले ’मिसन नौटंकी’ सार्वजनिक गरेका हुन् ।
उनले आफ्नो ‘गाईजात्रे’ कोसेलीमा प्यारोडी समेटेका छन् । उनले हिट फिल्म ‘जाजै जात्रा’ को गीत ‘लाइदेऊ माया पिरिम’ मा प्यारोडी बनाएका छन् ।
२०६१ सालदेखि नियमित गाईजात्रा कोसेली ल्याउँदै आएका उनको ’मिसन नौटंकी’ २२ औं कोसेली हो । गतवर्ष उनले ’लुछाचुडी’ ल्याएका थिए ।
‘मिसन नौटंकी’ मा शिवशंकरसहित राधिका हमाल, प्रेम शर्मा पौडेल, साबित्रा लामिछाने ’सबु’, धिरेन्द्र सिंह, किरण खनाल, बेदमणी अधिकारी, बलराम धमला ‘ठुले दाइ’, सबिना बिक, भिम परिया, र बालकलाकार पोस्ना श्रेष्ठको अभिनय छ । ‘मिसन नौटंकी’ लेखन, प्रस्तुति र निर्देशन रिजाल आफैले गरेका हुन् ।










