२९ भाद्र २०८३, सोमबार
,
Latest
‘एआई’को प्रयोग गरी कर्मकाण्ड विधिको विकास गरे नेपाली सन्तले एआईबाट राष्ट्रिय सुरक्षामा जोखिम : चिनियाँ गुप्तचर सुरक्षामन्त्री रसुवाका १३ खानेपानी आयोजनामा २५ करोड बढीको क्षति बाढीपछिको पुनःस्थापनाका लागि स्रोतको कुनै कमी हुँदैनः प्रधानमन्त्री शाह बाढी प्रभावित क्षेत्रका सडक सञ्जाल असोजभित्रै सञ्चालन हुन्छ : मन्त्री लम्साल प्रधानमन्त्री राहत कोषमा रु १३ अर्ब ६८ करोड मौज्दात भारतले नेपाललाई दैनिक ६५४ मेगावाट विद्युत् दिने मन्त्री लम्सालसँग ट्रक व्यवसायीको भेट, बाढीबाट भएको क्षति र हराएका सवारीबारे गराए जानकारी इरानका परमाणुमामिला प्रमुखलाई भियना बैठकमा रोक तीज: प्रथम महिलाद्वारा पशुपतिनाथमा पूजा, आराधना एवं दर्शन
तपाईं के खोज्दै हुनुहुन्छ ?

चौतर्फी विरोध र दबाबपछि सरकारले थप्यो कर बुझाउने म्याद



अ+ अ-

काठमाडौं । चौतर्फी विरोध र दबाबपछि सरकारले कर तिर्ने म्याद बढाएको छ । बुधवार आन्तरिक राजस्व विभागले एक सूचना जारी गर्दै कर दाखिला गर्ने म्याद असार ७ गतेसम्मका लागि थप गरेको हो ।

'विश्वव्यापी रूपमा फैलिएको कोरोना भाइरसको संक्रमणबाट उत्पन्न असहज परिस्थितिका कारण करदाताहरूले आवधिक रूपमा बुझाउनुपर्ने कर विवरण, आय विवरण तथा ती विवरणअनुसार भुक्तानी गर्नुपर्ने कर दाखिला गर्ने म्याद २०७७ जेठ २५ र जेठ मसान्तसम्म थप गरिएकोमा उक्त अवधि पुनः देहायबमोजिम थप गरिएकाले सो अवधिभित्र विवरण र कर दाखिला गर्नुहुन सम्बन्धि सबैको  जानकारीका लागि यो सूचना प्रकाशित गरिएको छ,' विभागद्वारा जारी सूचनामा भनिएको छ ।

देहायमा अधिकांश कर दाखिलाको म्याद असार ७ तोकिएको छ । यद्यपि आयकर ऐन २०५८ बमोजिम २०७६ चैत महिनामा बुझाउनुपर्ने आर्थिक वर्ष २०७६र७७ को संशोधित अनुमानित कर विवरण र दोस्रो किस्ताबापतको रकम दाखिला गर्ने म्याद भने २०७७ साल असार १५ सम्म थपिएको छ ।