२० मंसिर २०८२, शनिबार
,
Latest
‘कामरेड जलजला उपन्यासको विवेचना’ पुस्तक विमोचन ललितपुर महानगरको प्रशासनिक भवन उद्घाटन यात्रुबाहक बस दुर्घटना हुँदा २४ जना घाइते जेनजीले पुराना पार्टीलाई आत्मसमीक्षा गर्ने अवसर दिएका छन्ः प्रचण्ड नेपाललाई ‘ल्याण्ड अफ केबलकार’ बनाउन सकिन्छ  अनुपम प्रकृति र संस्कृतिको संरक्षण र प्रवद्र्धन गरिनुपर्छः सञ्चारमन्त्री खरेल कमला पुल निर्माणका लागि चन्दा सङ्कलन अभियान सुरु नास्टद्वारा १३ विधामा २० जना वैज्ञानिक, प्राविधिज्ञ एवं संस्थाहरु पुरस्कृत महिला भलिबलः एपिएफ फाइनल प्रदेश प्रधानमन्त्री कार्कीद्वारा बर्दिया घटनाबारे अध्ययन गर्न गृहमन्त्रीलाई निर्देशन
तपाईं के खोज्दै हुनुहुन्छ ?

पाँच नेताहरूमाथि कारबाहीबारे निर्वाचन आयोगद्वारा राप्रपासँग जवाफ माग



अ+ अ-

काठमाडौँ । निर्वाचन आयोगले राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का पाँच जना नेताहरूमाथि गरिएको कारबाहीबारे सो पार्टीलाई पत्राचार गरेको छ ।

पाँच नेताहरूले आफूहरूलाई अवैधानिक तरिकाले कारबाही गरिएको भन्दै निवेदन दिएपछि आयोगले जवाफ मागेको हो ।

राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देनले हालै पार्टीको अनुशासन समिति अध्यक्षबाट नवराज सुवेदीलाई हटाएका थिए भने सगुनसुन्दर लावतीलाई प्रवक्ताबाट बर्खास्त गरेका थिए । साथै, उपाध्यक्ष मुकुन्द श्याम गिरीलाई पदमुक्त गरेका लिङदेनले महामन्त्री डा. धवलशम्शेर राणाको संगठन विभाग प्रमुख पद खोसेका थिए भने संयोजित संगठन विभागका सदस्य सचिव धनशुर शाहीलाई पनि पदमुक्त गरेका थिए ।

आफूहरूमाथि विधान विपरीत कारबाही गरेको भन्दै पाँचै जना नेताहरू निर्वाचन आयोग पुगेका थिए । उनीहरूले लिखित निवेदन दिएपछि आयोगले राप्रपामा पत्राचार गरेको हो ।