१३ भाद्र २०८३, शनिबार
,
Latest
त्रिशूली–३ ‘ए’ आयोजनाको टनेलमा फसेकाको उद्धार प्रयास तीव्र, ८२ जनाको संयुक्त टोली परिचालन काँग्रेसको प्रधानमन्त्रीलाई सुझावः इच्छुक मित्र राष्ट्रहरूलाई पनि अविलम्व उद्धार तथा राहत कार्यमा सहभागी गराउनुस् आफन्तहरू खोजिरहेका आँखा-फोटो फिचर गाईजात्रामा दिवङ्गत आफन्तको सम्झना, झाँकीसहित नगर परिक्रमा-फोटो फिचर बाढीले बगाएर ल्याएको सेफ फोड्ने २९ जना नियन्त्रणमा नेपालमा भएको हिमनदी पहिरो पर्यटकको क्यामरामा कैद, सोही कारण केरुङमा बाढी आएको पुष्टि त्रिशूली बाढीको कहर : नुवाकोटमा ५१ को मृत्यु, ४०५ बेपत्ता बाढीले बगाएर ल्याएको सेफ फोड्ने २९ जना नियन्त्रणमा काठमाडौँ-मुग्लिन सडक सञ्चालन, अलपत्र सवारी गन्तव्यतर्फ पठाइँदै भोटेकोशी बाढीःसुरुङभित्र फसेकाको उद्धारमा ८२ सुरक्षाकर्मी परिचालन
तपाईं के खोज्दै हुनुहुन्छ ?

एमाले काठमाडौंका अध्यक्ष निरौलाको असन्तुष्टी : मदनलाई बोल्न नदिइएको इतिहास साक्षी छ



अ+ अ-

काठमाडौं । पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीलाई सक्रिय राजनीतिमा फर्कन नदिने पार्टीले निर्णय गरेसँगै उहाँलाई समर्थन गर्ने एमालेका नेता तथा कार्यकर्ता आक्रोसित भएका छन् ।

गएराति पार्टीको केन्द्रीय कमिटी बैठकले भण्डारीलाई पार्टी सदस्यता नदिने निर्णय गरेको थियो । जसले पार्टीको राजनीतिक बाटोलाई बन्द गरिदिएको छ ।

एमालेको यो निर्णयसँगैसोही पार्टीका काठमाडौँ अध्यक्ष दीपक निरौलाले इतिहास सम्झाउने टिप्पणी गर्नुभएको छ ।

सामाजिक सञ्जालमा उहाँले भन्नुभएको छ, “इतिहास साक्षी छ, पाँचौँ महाधिवेशनमा पार्टी महासचिव मदन भण्डारीलाई बोल्न नदिएको थियो। यस्तै गरी, बहुदलीय जनवादको विषय सुरु गर्दा पनि प्रारम्भमा साथ दिनेहरू कम थिए । केपी ओलीले उपत्यका छाडेपछि बैठक बस्ने अवस्था पनि त्यसैको हिस्सा हो । केपी ओलीलाई मातहतमा नबोलाउन निर्देशन दिँदा आन्दोलन रोकिएन । यसैको पृष्ठभूमिमा अघि बढेको एमाले हो ।”